मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आगामी आईतबार ड्यालासमा ईमिग्रेशन फोरम हुँदै

आगामी आईतबार ड्यालासमा ईमिग्रेशन फोरम हुँदै


ड्यालस (टेक्सस) । आगामी आईतबार अर्थात् अगष्ट ४ मा ड्यालसमा ईमिग्रेशन सम्बन्धी बिशेष छलफल कार्यक्रम हुने भएको छ । 
 
दिउँसो १ बजेबाट हुन लागेको कार्यक्रममा अमेरिकन ईमिग्रेशन सम्बन्धी पछिल्ला जानकारी र सहभागिहरुका जिज्ञासाका बारेमा छलफल गर्ने उद्धेश्यले ईमिग्रेशन टाउनहलको आयोजना गरिएको आयोजकहरूले बताएका छन् । नेपाली समाज टेक्सासको संयोजनमा टेलिभिजन कार्यक्रम यु स्टाट अगेनले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए टेक्सास च्याप्टरको समेत सहयोग रहेको छ । 
 
न्यूयोर्कमा रहेका चर्चित नेपाली अधिवक्ता बासु फुलाराले आईसको छापा, टिपीएस, बिद्यार्थी भिसा लगायत पछिल्लो समयमा भएका अमेरिकन अध्यागमन कानुनका सबै बिषयमा जानकारी दिनेछन् । सहभागिहरुलाई प्रत्यक्ष रुपमा कार्यक्रममा सहभागि भएर वा गोप्य रुपमा समेत भेटेर प्रश्न सोध्न पाउने ब्यवस्था राखिएको नेपाली समाजका महासचिव भक्त भण्डारीले जानकारी दिएका छन् । 
 
हिमालयखबर लगायतका मिडियाबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा फेशबुक लाईभबाट समेत प्रश्न सोध्न सकिने आयोजक पत्रकार सूर्य थापाले बताए । 'हामी सदैव समाजको हितमा काम गर्न खोज्नेहरुलाई यस प्रकारका कार्यक्रमले समाजका सदस्यहरुलाई प्रत्यक्ष फाईदा पुग्ने हुँदा सहभागी हुन अनुरोध गर्दछु,' ड्यालासबासीसँग एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले पनि आग्रह गरेका छन् ।