हिमालयखबर संबाददादा 
	ड्यालस (टेक्सस)-  नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र  (एनसीएससी) व्दारा संयुक्त रुपमा आयोजना गरिएको आध्यात्मिक शिविर जुलाई १४ देखि संचालन भै २४ गतेका दिन वालबालिकाहरुले आयोजना गरेको एक बिशेष कार्यक्रम सहित समापन भएकोछ ।
	नेपालीमूलका बालबालिकाहरुलाई पुर्बीय दर्शनको आध्यात्मिक ज्ञान, नेपाली संस्कृती, भाषा, साहित्य, कलाका साथै बैदिक परम्पराको ज्ञान र ध्यान तथा योगका बारेमा जानकारी गराउने उद्देस्यबाट संचालित नौ दिने उक्त शिबिरबाट करिव २०० वालवालिकाहरुको उत्साहपूर्वक सहभागिता भएको आयोजकहरुले बताएका छन  । 
	यस वर्षको शिविरको प्रभावकारीताको झलक समापन समारोहको बाटै देखिन्छ; जसको निर्माण र संचालन वालबालिकाहरुले नै गरेका थिए भने कार्यक्रम बिशुद्ध बालप्रतिभा केन्द्रित थिए । 
	साथै यस वर्षको शिविरलाई आयोजकहरुले केहि परिमार्जन गर्दै पुर्वीय दर्शनका ज्ञाता गुरु डा. चिन्तामणी योगी र बिगतको शिविरमा सहभागी भैसकेका र हाल उच्चमाध्यमिक र कलेजमा अध्ययन गरि रहेका बिधार्थीहरुको संयुक्त योजनामा ब्यबस्थित रुपमा संचालन गरेको भनाई छ । 
	विगत लामो समय देखि नेपाली समूदायको प्रत्यक्ष संलग्नतामा ड्यालसमा यस किसिमको आध्यात्मिक शिविर सञ्चालन हुदै आएकोमा यस वर्ष देखि शिविरका पूर्ब प्रशिक्षार्थी भाई बहिनीहरुलाई प्रशिक्षकको रुपमा समेत संलग्नता गराउँदा कार्यक्रम ज्यादै प्रभावकारी भएको आयोजकको भनाई रहन गएको छ । 
	यस किसिमका शिविरबाट वालवालिकाहरुलाई नेपालसंग जोडिने मौका मिल्छ भने अर्को तर्फ धेरै संख्यामा आफ्नै उमेर समूहका नयाँ साथी बनाउने अवसर मिल्नुका साथै नेपाली ज्ञान दर्शनका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाईन्छ । 
	यसका अलावा बिगतका वर्ष देखि संचालन हुदै आएको यस किसिमको शिविरबाट ड्यालसमा रहेका शिविरका पूर्व प्रशिक्षार्थी भाईबहिनीहरुले अमेरीकाको अरु शहरमा पनि यस्तै किसिमका आध्यात्मिक शिविर संचालनमा सहयोगी प्रशिक्षक बन्न सक्ने राम्रो संकेत समेत देखिनु आफैमा एक राम्रो सुरुआत देखिएको हो । 


                                                    


                    
                    
                    
                    
प्रतिक्रिया