मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा नेपाली जनसम्पर्कले गर्यो पिकनिक

कोलोराडोमा नेपाली जनसम्पर्कले गर्यो पिकनिक


कोलोराडो (अमेरिका) – कोलोराडोमा रहेका नेपालीहरु बीच समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरद्धारा आयोजित समर पिकनिक आईतबार सम्पन्न भयो ।
 
कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी,  स्थानीय नेपाली समुदायका व्यक्तित्वहरूको बाक्लो उपस्थिती थियो । 
 
कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार बुद्धी लामिछाने, केन्द्रिय सदस्य गोबिन्द लम्साल, पूर्व केन्द्रिय सदस्य जगन्नाथ शर्मा, नेविसंघका पूर्व महामन्त्री यादव पण्डित,  एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजङ्ग कार्की,  लङमन्ट लायन्सका अध्यक्ष जोशन श्रेष्ठ,  लायन्स ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, तमु धिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कोलोराडो सिष्टर गु्रपका संयोजक धन पौडेल, एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष बासुदेब खनाल, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, आयोजक संस्थाका पदाधिकारी लगायतको सहभागिता थियो । अमेरिकामा हालसम्म २७ वटा राज्यहरुमा नेपाली जनसंम्पर्क समितीका च्याप्टरहरु गठन भएका छन् । कोलोराडोमा २००५ मा धर्मराज श्रेष्ठको अध्यक्षतामा औपचारीक रुपमा च्याप्टर गठन गरिएको थियो ।  
 
यसै संस्थाले २०१२ देखी नेपालीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको छ । 
 
कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।