मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्मृति दिवसमा बीपीको साहित्यिक यात्राको चर्चा

स्मृति दिवसमा बीपीको साहित्यिक यात्राको चर्चा


ड्यालस (अमेरिका) – धेरैले विश्वेश्वर प्रसाद कोइरालालाई एक वरिष्ठ राजनीतिज्ञ र पूर्ब प्रधानमन्त्रीका रुपमा स्मरण गर्दै आएका छन् । तर अमेरिकाको ड्यालसमा नेपाली समुदायले आइतबार स्वर्गीय कोइरालालाई एक सफल साहित्यकारका रुपमा स्मरण गरेका छन् ।
 
उहाँको ३७ औं स्मृति दिवस यसपटक अमेरिकामा साहित्यीक यात्राको चर्चा, परिचर्चा गरेर मनाइएको छ । श्रष्टा साँझ अमेरिका, हिमालय खबर र स्थानीय फिस्टेल रेष्टुँराको सहआयोजनामा भएको कार्यक्रममा साहित्यानुरागीहरुले उहाँको साहित्यीक पक्ष एवं उहाँका रचनाका बारेमा छलफल गरेर स्मृति दीवस मनाइएको थियो । फिस्टेल रेस्टुँरा युलेसमा भएको कार्यक्रममा विपी कोइरालाको पहिचानलाई राजनीतिका रुपमा मात्र हेरिनु नहुने र उहाँ शताव्दीकै उत्कृष्ठ साहित्यकार भएको चर्चा वक्ताहरुले गरेका थिए ।
 
विपी कोइरालाको साहित्यीक छवी र उहाँबाट कृतिका बारेमा स्थानीय साहित्यकार तथा लेखहरु शिलु घिमिरे, भगवती पौडेल, सञ्जय घिमिरे, हरिबोल भण्डारी, बासुपुष्पा अधिकारी, राधाकृष्ण काफ्ले, बैकुण्ठराज आचार्य, बालिका चाहना खरेल लगायतले चर्चा र समिक्षा गरेका थिए । कार्यक्रमको सुरुमा श्रष्टा साँझका प्रभात दीक्षितले विपीसँग वनारसमा भएको भेटघाटको स्मरण गर्नुभएको थियो । 
 
सोही अवसरमा विपीद्वारा रचित साहित्यका विषयमा अध्ययन अनुसन्धान गर्नुभएकी प्राध्यापक ज्ञानु पाण्डेले उहाँलाई नेपाली कांग्रेसको नेताका रुपमा मात्र लिँदा अन्याय हुने चर्चा गर्नुहुँदै उहाँ महान साहित्यकार भएको र साहित्यीक छवीमा उहाँ सर्वस्वीकार्य रहेको बताउनुभयो ।