मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाको को को भए जिल्ला इन्चार्ज र सहइन्चार्ज ? (सूचीसहित)

नेकपाको को को भए जिल्ला इन्चार्ज र सहइन्चार्ज ? (सूचीसहित)


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ ।
 
नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज तोकिएका छन् । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको हो ।
 
जिल्ला इन्चार्ज र सहइन्चार्जको नामावली : 
 
ताप्लेजुङ इन्चार्ज – भाष्कर काफ्ले 
 
पाँचथर इन्चार्ज– इन्द्रबहादुर आङ्बो, सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ र डम्बरसिंह सम्बाहाम्फे 
 
इलाम इन्चार्ज– धीरेन्द्र शर्मा 
 
झापा इन्चार्ज– रबीन कोइराला, सहइन्चार्जमा देवेन्द्र दाहाल, धर्मशीला चापागाईं र हरिबहादुर राजवंशी 
 
मोरङ इन्चार्ज– घनेन्द्र बस्नेत, सहइन्चार्ज गोपीबहादुर सार्की अछामी, देउमान सम्बाहाम्फे र महेश रेग्मी
 
सुनसरी इन्चार्ज – धर्मराज निरौला, सहइन्चार्ज एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मिया, मोहम्मद महफुज अन्सारी र रामकुमारी चौधरी 
 
धनकुटा इन्चार्ज – हेमराज भण्डारी 
 
तेह्रथुम इन्चार्ज – जयन्ती राई, सहइन्चार्जमा दुर्गाप्रसाद चापागाईं र विजय सुब्बा 
 
सङ्खुवासभा इन्चार्ज – राजेन्द्रकुमार राई, सहइन्चार्जम राजेन्द्र कार्की 
 
भोजपुर इन्चार्ज – सुदन राई किराती, सहइन्चार्जमा हरिबहादुर राई 
 
खोटाङ इन्चार्ज – विशाल भट्टराई, सहइन्चार्जमा  दुर्गाजयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की 
 
सोलुखुम्बु इञ्चार्ज – शिवबहादुर बस्नेत, सहइन्चार्ज – हेमकुमार राई
 
ओखलढुङ्गा इन्चार्ज– यज्ञराज सुनवार 
 
उदयपुर इन्चार्ज – बलदेव चौधरी, सहइन्चार्जमा मञ्जुकुमारी चौधरी 
 
विराटनगर महानगरपालिका इन्चार्ज – शिवकुमार मण्डल 
 
सप्तरी इन्चार्ज – रामप्रीत पासवान 
 
सिरहा इन्चार्ज – लीलानाथ श्रेष्ठ, सहइन्चार्जमा अजयशङ्कर नायक, गङ्गाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल र हरिनारायण चौधरी 
 
धनुषा इन्चार्ज – जोगकुमार बर्वरिया, यादव सहइन्चार्जमा जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो र हरिनारायण महतो 
 
महोत्तरी इन्चार्ज – राजु खड्का, सहइन्चार्जमा प्रकाशहरि पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल र सरोज यादव 
 
सर्लाही इन्चार्ज – डाचाराज वाग्ले, सहइन्चार्जमा अच्युतम काफ्ले, कमलादेवी महतो, रवीन्द्र बैठा धोवी र लक्ष्मण पौडेल 
 
रौतहट इन्चार्ज – युवराज भट्टराई, सहइन्चार्जमा कल्याणीकुमारी खड्का र सरलाकुमारी यादव 
 
बारा इन्चार्ज – बलवीरप्रसाद चौधरी, सहइन्चार्जमा गोपाल ठाकुर र ज्वालाकुमारी शाह 
 
पर्सा इन्चार्ज – नागेन्द्र चौधरी, सहइन्चार्ज र रामचन्द्र शाह तेली 
 
वीरगञ्ज महानगरपालिका इन्चार्ज – दिनेश राई 
 
चितवन इन्चार्ज – कृष्ण खनाल, सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गङ्गाकुमारी बेलवासे र ज्ञानु बस्नेत सुवेदी 
 
मकवानपुर इन्चार्ज – विरोध खतिवडा, सहइन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना 
 
धादिङ इन्चार्ज – शालिकराम जम्मकट्टेल,  सहइन्चार्ज र खेम लोहनी 
 
नुवाकोट इन्चार्ज – महेन्द्रबहादुर पाण्डे 
 
रसुवा इन्चार्ज – विमला सुवेदी, सहइन्चार्जमा माधव अर्याल 
 
सिन्धुपाल्चोक इन्चार्ज – कृष्ण सापकोटा, सह–इन्चार्जमा अरुण नेपाल, माधव सापकोटा र युवराज दुलाल 
 
दोलखा इन्चार्ज – देवी खड्का, सहइन्चार्जमा रचना खड्का 
 
रामेछाप इन्चार्ज – देशशङ्कर पौडेल, सहइन्चार्जमा कैलाश ढुङ्गेल र श्यामकुमार श्रेष्ठ 
 
सिन्धुली इन्चार्ज – विषमलाल अधिकारी, सहइन्चार्जमा उमादेवी कोइराला, कमलजङ्ग राई र गणेश पहाडी 
 
काभ्रेपलाञ्चोक इन्चार्ज – गोकुल बाँस्कोटा 
 
भक्तपुर इन्चार्ज – दिलीपकुमार प्रजापति, सहइन्चार्जमा सोमप्रसाद मिश्र 
 
ललितपुर इन्चार्ज – हरि दाहाल, सहइन्चार्जमा प्रमेश हमाल 
 
काठमाडौँ इन्चार्ज – सावित्रा भुसाल, सहइन्चार्जमा अञ्जना विशङ्खे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर 
 
भरतपुर महानगरपालिका इन्चार्ज – रेणु दाहाल 
 
ललितपुर महानगरपालिका इन्चार्ज – सुशीला नेपाल 
 
काठमाडौंँ महानगरपालिका इन्चार्ज – जीवनराम श्रेष्ठ 
 
गोरखा इन्चार्ज – कृष्णप्रसाद धिताल, सहइन्चार्जमा परशुराम रम्तेल, सुशीला सिम्खडा र चुडामणि जङ्गली 
 
तनहुँ इन्चार्ज – हरिबहादुर चुमान, सहइन्चार्जमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ 
 
लमजुङ इन्चार्ज – मायानाथ अधिकारी सहइन्चार्जमा अमरबहादुर तमु 
 
स्याङ्जा इन्चार्ज – पद्मा अर्याल, सहइन्चार्जमा सीता सुनदास 
 
कास्की इन्चार्ज – राजकाजी गुरुङ, सहइन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी 
 
मनाङ इन्चार्ज – रामशरण बस्नेत 
 
नवलपरासी पूर्वइन्चार्ज – तिलक महत, सहइन्चार्जमा बालकृष्ण गैरे र रवीन्द्र अधिकारी 
 
पवर्त इन्चार्ज – गुप्तबहादुर ठकुरी 
 
बाग्लुङ इन्चार्ज – वलावती शर्मा, सहइन्चार्जमा मनाकुमारी जिसी केसी 
 
म्याग्दी इन्चार्ज – भुपेन्द्रबहादुर थापा 
 
मुस्ताङ इन्चार्ज – श्रीमाया थकाली 
 
पोखरा महानगरपालिका इन्चार्ज – मानबहादुर जिसी 
 
नवलपरासी पश्चिम इन्चार्ज – वैजनाथ चौधरी 
 
रुपन्देही इन्चार्ज – लीला गिरी, सहइन्चार्जमा एकराज विश्वकर्मा, खिमलाल भट्टराई र दधिराम न्यौपाने 
 
कपिलवस्तु इन्चार्ज – गिरिधारीलाल न्यौपाने, सहइन्चार्जमा विमला घिमिरे 
 
पाल्पा इन्चार्ज – सोमप्रसाद पाण्डेय, सहइन्चार्जमा तुलाराम घर्ती 
 
गुल्मी इन्चार्ज – दिनेश पन्थी 
 
अर्घाखाँची इन्चार्ज – नजीर मियाँ,  सहइन्चार्ज सुशीला श्रीपाइली ठकुरी  
 
प्यूठान इन्चार्ज – कृष्णध्वज खड्का 
 
दाङ इन्चार्ज – जीवन गौतम, सहइन्चार्जमा इन्द्रजीत थारू, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणि चौधरी, हेमराज शर्मा पोख्रेल र शान्ता चौधरी 
 
रुकुम पूर्वइन्चार्ज – खेममान खड्का, सहइन्चार्जमा कमला रोका र तेजबहादुर ओली 
 
रोल्पा इन्चार्ज – दीपेन्द्र पुन, सहइन्चार्जमा ताराकुमारी घर्ती र नवीन रोका मगर 
 
बाँके इन्चार्ज – दिनेश यादव, सहइन्चार्जमा पूर्णकुमारी सुवेदी, महेश्वरजङ्ग गहतराज र मोहमद हारुन हलुवाई 
 
बर्दिया इन्चार्ज – लक्ष्मण ज्ञवाली, सहइन्चार्जमा तिलकराम शर्मा र सन्तकुमार चौधरी 
 
सुर्खेत इन्चार्ज – नरबहादुर बिष्ट,  सहइन्चार्जमा झकबहादुर मल्ल 
 
दैलेख इन्चार्ज – लक्ष्मीप्रसाद पोख्रेल, सहइन्चार्जमा राजबहादुर बुढा 
 
जाजरकोट इन्चार्ज – भैरवसुन्दर श्रेष्ठ,  सहइन्चार्जमा गोविन्दविक्रम शाह, नीरज आचार्य र रामदीप आचार्य 
 
कालीकोट इन्चार्ज – महेन्द्रबहादुर शाही 
 
जुम्ला इन्चार्ज – गजेन्द्रबहादुर महत, सहइन्चार्जमा नरेश भण्डारी 
 
मुगु इन्चार्ज – मोहन बानियाँ, सहइन्चार्जमा चन्द्रबहादुर शाही 
 
हुम्ला इन्चार्ज – विजय भण्डारी
 
डोल्पा इन्चार्ज – हंसबहादुर शाही 
 
सल्यान इन्चार्ज – टेकबहादुर बस्नेत, सहइन्चार्जमा गुलाबजङ्ग शाह
 
रुकुम पश्चिम इन्चार्ज – राजकुमार शर्मा, सहइन्चार्जमा वसन्तकुमार शर्मा र शेरबहादुर केसी 
 
दार्चुला इन्चार्ज – गणेश ठगुन्ना 
 
बैतडी इन्चार्ज – नरेन्द्रबहादुर कुँवर, सहइन्चार्जमा पुरनसिंह दयाल र रेणु चन्द 
 
डडेलधुरा इन्चार्ज – खगराज भट्ट, सहइन्चार्जमा निरादेवी जैरु
 
कञ्चनपुर इन्चार्ज – विक्रम शाही, सहइन्चार्जमा देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली र लालबहादुर विश्वकर्मा 
 
कैलाली इन्चार्ज – रुपा चौधरी सहइन्चार्जमा मदनकुमारी शाह, झपटबहादुर रावल, नारदमुनि राना, वीरमान चौधरी, महेश्वर पाठक, लीलाकुमारी भण्डारी, हरिनारायण चौधरी 
 
डोटी इन्चार्ज – प्रेमबहादुर आले, सहइन्चार्जमा गौरी ओली 
 
अछाम इन्चार्ज – तारामान स्वाँर, सहइन्चार्जमा शरदसिंह भण्डारी 
 
बझाङ इन्चार्ज – भैरवबहादुर सिंह, सहइन्चार्जमा देवराज रेग्मी 
 
बाजुरा इन्चार्ज – लालबहादुर थापा, सहइन्चार्जमा प्रकाशबहादुर शाह