मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतवार देखि आईसीईले धरपकड गर्ने तयारीले कागजात विहिनमा त्रास

आइतवार देखि आईसीईले धरपकड गर्ने तयारीले कागजात विहिनमा त्रास


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकाको इमिग्रेसन एण्ड कस्टमस् इन्र्फोसमेण्ट (आईसीई)ले अमेरिका वाट गैरकानुनी अप्रावासीलाई फिर्ता पठाउन आइतवार देखि धरपकड गर्ने तयारी गरेपछि कागजात विहिनहरुमा त्रास फैलिएको छ ।
 
अमेरिकाका विभिन्न १० वटा मुख्य शहरमा केन्द्रित रही धरपकड गर्ने योजना यस अघि २ साताका लागिपर सारिएको थियो । यही योजना आइतवार वाट शुरु हुन लागेको हो । आईसीईले धरपकड गर्ने योजना वनाएका प्रमुख शहरमा नेपाली समुदायको वसाई पनि  उल्लेख्य छ । त्यसैले कागजात नभएका नेपाली पनि समस्यामा पर्न सक्छन् ।
 
अहिलको धरपकड अदालतले देश फिर्ता आदेश दिएर पनि नगएका, अपराधमा संलग्न भएकालाई हटाउन गरिएको ह्वाइट हासउले जनाएको छ । यस्तो भनिए पनि यो अभियानमा गैरकानुनी रुपमा वस्दै आएको जो कोही पनि पर्न सक्ने जोखिम पनि रहेको छ ।
 
कयौं ठाउं नियमित ट्राफिक जांचका क्रममा समेत इमिग्रेसन सम्वन्धि कागजात माग्ने गरिएको समाचार आएका छन् । यसले गर्दा परिवारसग अमेरिकामा वस्दै आएका तर, अपराधको कुनै रकेर्ड नभएका कयौं कागजात विहिनहरुमा त्रास फैलिएको हो । यसले कागजात विहिनहरु घरवाट वाहिर निस्कन समेत डराएका छन् ।
 
धरपकडको क्रममा अदालतले फर्किने आदेश जारी नगरेका र अपराधको रेकर्ड नभएकापनि कागजात विहिन जो कोही पनि पर्न सक्ने जनाईएको छ । यसका लागि आईसीईले होमल्याण्ड सेक्यूरिटीज, स्थानिय प्रशासन, लगायतको सहयोग लिनेपनि जनाईएको छ । हिरासतमा परेकालाई राख्ने, फिर्ता पठाउन प्रकृया थाल्ने सम्वन्धमा पनि आईसीईले तयारी गरेको जनाईएको छ ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साता अघि ठुलो संख्या करिव १० लाख गैरकानुनी आप्रावासी अमेरिकावाट हटाउन अभियान शुरु गर्ने घोषणा गरेका थिए  । तर, विपक्षी पार्टी डेमोक्रयाट्को विरोधले यो अभियान पर सरेको थियो ।
 
गत फ्रेबअरी महिनामा मात्र आईसीईले २ हजार लाई अमेरिका छाड्न अन्तिम चेतावनी पत्र पठाएको थियो । आईसीईको अपरेशन कहिले सम्म जारी रहन्छ यो वताईएको छैन  । तर, केही दिनसम्म चल्ने र हाललाई २ हजार व्यक्तिलाई फिर्ता पठाइने सम्वद्ध अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
 
अहिलेको धरपकड मुख्य रुपमा मुख्य दश शहर एटलान्टा, बास्टिमोर, सिकागो, डेभर, ह्यूस्टन, एलएञ्जलस, मियामी, न्यूओरल्यान्स, न्यूयोर्क र सन फ्रान्सिस्सकोमा केन्द्रित हुने छ । यही नेपालीको अत्याधिक बसाई रहेको शहर हुन् ।
 
नेपालीलाई कति असर पर्ला ?
 
गैरकानुनी रुपमा अमेरिका वस्ने नेपालीको संख्याकेही हजार मात्र छ । करिव ९ हजारले टीपीएस लिएकाले समस्या पर्दैन । तर, आउट अफ स्टाट्स भएका विद्यार्थीलाई भने चेकजांचमा पर्दा समस्या हुने छ ।
 
केही सय नेपालीहरुलाई अदालतले फिर्ताको आदेश दिएको भएपनि गएका छैनन । यस्ता नेपाली पनि हिरासतमा पर्न सक्छन् ।
 
कुनै कारण अमेरिका आएका तर, यहां स्थायी रुपमा वस्न पाउनका लागि प्रकृया शूरु नगरेका केही सय नेपालीलाई पनि असर पर्न सक्छ ।
 
यसरी कागजात विहिन रुपमा वसेका जो केही आईसीईको जांचमा परियो भने नआत्तिकन, कानुनी उपचार उपाय खोज्न विज्ञहरुले सल्लाह दिएका छन् ।
 
कागजात विहिन हुदैंमा आईसीईले फिर्ता पठाउन सक्दैन । अदालतले आदेश दिनु पर्छ ।  अपराधको कुनै रेकर्ड छैन तर, कानुनी रुपमा वस्नेकुनै कागजात छैन र आईसीईको जांचमा परियो भने धेरै नबोल्ने, कानुनी उपचारका लागि सहयोगी खोज्नु उपयुक्त हुन्छ ।
 
राष्ट्रपति ट्रम्प प्रशासनमा इमिग्रेशन मुद्दा धेरै चर्चामा रहेपनि यस अघिको ओबामा प्रशासनको तुलनामा आईसीईले पक्राउ गरेर फिर्ता पठाएको सख्या भने कम छ । अमेरिकाको आर्थिक बर्ष २०१८ मा २ लाख २६ हजार ११९ लाई घर फिर्ता पठाईएको थियो । जवकी सन् २०१७ मा २ लाख ५६ हजार ८५ लाई अमेरिकावाट फिर्ता पठाईएको थियो ।
 
सन् २०१२ मा ओबामा प्रशासनले ४ लाख भन्दा वढीलाई देश फिर्ता पठाएको थियो ।
 
राष्ट्रपति ट्रम्पको पहिलो वर्षमा १ लाख ९ हजार अपराधिक पृष्ठभूमीका र ४६ हजार यस्ता पृष्ठभुमी नभएका पक्राउन परेको थिए । तस्बिर: सामाजिक संजाल