मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्निया लसएञ्जलस नजिक ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प

क्यालिफोर्निया लसएञ्जलस नजिक ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प


क्यालिफोर्निया – अमेरिकाको लसएञ्जलस भन्दा १५० माइल दक्षिणी क्यालिफोर्निया क्षेत्रलाई ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पले हल्लाएको छ । विहिवार विहान करिव साढे १० बजे उक्त भुकम्प गएको थियो ।
 
उक्त भुकम्पपछि पटक पटक पराकम्पहरु गईरहेको युएस जियोलोजिकल सर्भेले जनाएको छ ।
 
यो भुकम्पले केही स्थानका सडकमा चिराहरु परेको, केही भवनहरु चर्किएको संचार संस्था सीएनएनले जनाएको छ ।
 
यो भुकम्पको केन्द्र क्यालिफोर्नियाको सानो शहर रिचक्रष्ट र चाइना लेक वरपर रहेको जनाईएको छ ।
 
उक्त भुकम्पको झट्का सनबर्नाडिनो, लसएञ्जल्स, रिभरसाइट, चिनो लगायतका स्थानमा महसुस गरिएको थियो । सन्बर्नाडिनो क्षेत्रमा केही भवन चर्किएको र सडकमा चिरा परेको स्थानियलाई उद्दृत गर्द स्थानिय संचार माध्यमहरुले जनाएका छन्  । कर्न काउन्टीमा भुकम्पका कारण आगलागी भएको छ ।
 
लसएञ्जल्स अन्ताष्ट्रिय विमानस्थल यथावत चालु रहेको छ । अहिलेसम्म कुनै मानविय क्षतीको विवरण प्राप्त भएको छैन ।
 
भुकम्पको झड्का लसभेगासमा पनि महसुस गरिएको छ । तर त्यहां कुनै क्षतिको विवरण प्राप्त नभएको नेशनल वेदर सर्भिसेजले जनाएको छ ।