मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीमुलका बालक मंगलबारदेखि हराए

नेपालीमुलका बालक मंगलबारदेखि हराए


डेन्टन (टेक्सस)- टेक्ससको डेन्टन प्रहरीले मंगलवार  दिउँसो देखि हराएका २ बर्षिय नेपाली मुलका बालक र्सर्वेस गुरुङको खोजी गरिरहेको छ ।  
 
स्थानीय प्रहरी बिभागले ट्विट गर्दै एशियन मुलका २ बर्षिय बालक २४०० बक्क वेस्ट पिरेर स्ट्रिट वाट हराईरहेका छन् । कृपया ध्यान दिनुहोला भन्ने उल्लेख गरेको छ । केही सुराक भए आपतकालिन नम्कर ९११ मा खवर गर्न प्रहरीले आग्रह गरेको छ । स्थानिय संचार माध्यमका अनुसार प्रहरीले ती बालकले निलो र सेता कोठा भएको सर्ट लगाएको जनाएको छ ।
 
 
हराएका बालककी आमाले उनलाई सुताएर पछि  करिब २ बजे तिर हेर्न जाँदा सुताएको ठाउँमा नभएको बताएकी छिन् । 
 
बालकको खोजीमा छिमेकीहरुले पनि सघाईरहेका छन् । मंगलवार साँझ ती बालकका बाबुले प्रहरी र गुप्तचर निकायका अधिकारीहरु समक्ष सम्पुर्ण विवरण टिपाएका थिए । प्रहरीले पत्रकार सम्मेलन गरेर यो घटनाको बारेमा व्यापक खोजवीन गरिरहेको जनाएको छ ।