मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सामुदायिक भवन बनाउन पुराणबाट उठ्यो २० लाख डलर

सामुदायिक भवन बनाउन पुराणबाट उठ्यो २० लाख डलर


वासिङ्गटन डिसी (अमेरिका) – डिसी मेट्रो सप्ताहबाट सामुदायिक केन्द्र निर्माणकत्र लागि २० लाख ३४ हजार डलर संकलन भएको छ । 
 
यो रकम जम्मा ८ सय २० जना दाताहरुबाटजुटेको हो । यसरी उठेको चन्दा रकम अमेरिकी नेपाली डायस्पोराको सबै भन्दा ठूलो भएको बताइएको छ । डिसी मेट्रो सप्ताहको आयोजना सो स्थानमा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले भर्खरै स्थापित संस्था नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) द्वारा गरिएको थियो ।
 
सप्ताहको अन्तिम दिन शनिबार उत्तर–भर्जिनियाको मनासस क्षेत्रमा सक्रिय रहेको संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएसएच)ले शुरू गरेको मन्दिर निर्माणको प्रोजेक्टलाई पनि नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) मा समाहित गरेको घोषणा गरिएको थियो । 
 
एएनएसएचले केही महिना अघि मन्दिर बनाउनको लागि स्थानीय हेमार्केटमा २ लाख २३ हजार डलर लगानी गरी छिन्तीमा जमीन खरीद गरेको थियो । अब डिसी मेट्रो क्षेत्रमा नेपाली सामुदायिक भवन र मन्दिर एकै ठाउँमा बन्नेमा समुदाय ढुक्क भएका छन् ।
 
सप्ताहका मुख्य आकर्षणको रुपमा पुराणवाचक दीनबन्धु पोखरेलले सात दिनको सप्ताह बाचन गर्नुको साथै भक्तजनहरुलाई आशिर्वचन र टीका प्रदान गरिदिनु भएकोथियो । 
 
महापुराण आयोजनाका संयोजक अरूण रुपाखेती र अजिता रुपाखेतीले ५५ हजार ५सय ५५ डलर दिनु भएको थियो । इन्जिनियर एवं अमेरिकी निर्माण ब्यवसायी प्रेम भण्डारी तथा भवानी भण्डारीले ५० हजार डलर सहित  नेपाल अमेरिका सामुदायिक केन्द्र९एनएसीसी०को संरक्षक बन्नुभएको छ । 
 
भर्जिनिया फेयरफ्याक्स क्षेत्रमा ब्यबसाय गर्दैआउनु भएका हरि अधिकारी दम्पत्तिले ४० हजारको सहयोग गरेर नेपाल अमेरिका सामुदायिक केन्द्र९एनएसीसी०को पहिलोसंस्थापक संरक्षक बन्नु भएको थियो । 
 
त्यसै गरी डा। मदन उप्रेती र अनामिका उप्रेती, मधुसुधन पन्थी र मीना पन्थी, पुरू सुवेदी र कल्पना सुवेदी, मेदीनी अधिकारी र अन्जु काफ्ले, हरिशर्मा र सावित्रा शर्मा, गोविन्द प्रसादमैनाली र मन्दिरा मैनाली, बासुसत्याल र कल्पना सत्याल एवं राजीव मैनाली र सुनन्दा मैनालीको जोडी पनि ४० हजार डलर बराबरको दान गरेर एनएसीसीको संरक्षक बन्नु भएको छ । 
 
महापुराणको दौरानमा जम्मा १० जना संस्थापक संरक्षक, पाँच सय ८ संस्थापक लाइफ मेम्बर, एक सय ४६संस्थापक ट्रष्टी मेम्बर, २९ जना संस्थापक बेनेफ्याक्टर मेम्बर, ८ जना संस्थापक प्लाटिनम मेम्बर र १ सय १९ एनएसीसीको वार्षिक सदस्य बनेका छन् ।
 
सामुदायिक भवन निर्माणको  यसप्रयासमा डिसी मेट्रोनिवासी बिभिन्न पेशा र क्षेत्रमा रहेका नेपालीहरू एकजूटभएर लागेको थिए ।