मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुलाई १४ देखि ड्यालसमा बालबालिकालाई समरक्याम्प

जुलाई १४ देखि ड्यालसमा बालबालिकालाई समरक्याम्प


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससले आउँदो जुलाई १४ देखि नेपालीमुलका बालबालिकाहरुलाई हिन्दु धर्म, संस्कृतिका बारेमा जानकारी गराउने उद्वेश्यले विगतका वर्षहरुमा जस्तै ‘समर क्याम्प’ आयोजना गर्न लागेको छ ।
 
समर क्याम्प, सामुदायिक केन्द्र लगायत समाजका अन्य गतिविधिका बारेमा जानकारी दिने उद्वेश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा समाजका वर्तमान तथा पूर्ब पदाधिकारीहरुले बिभिन्न पक्षका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष सुमन थापाले नेपाली स्कुल सञ्चालन गर्न, हेल्थ क्याम्प चलाउन सामुदायिक केन्द्रको जरुरत देखिएकोले तत्काल बनाउनु पर्नेमा जोड दिए ।
 
‘हामी मन्दिरसँग अलग भएर छुट्टै संरचना बनाउन लागेका होइनौँ, मिलेर एउटै सामुदायिक भवन तत्काल बनाउनुपर्ने हाम्रो धारणा हो,’ थापाले भने । युलेसमा ठूलो मन्दिर निर्माणको क्रममा तेस्रो चरणमा सामुदायिक केन्द्र बनाउने योजना छ । सामुदायिक केन्द्रको निर्माणको जिम्मेवारी नेपाली समाजलाई दिएमा छिटो काम हुने धारणा थापाले बताए । 
 
सोही अवसरमा नेपाली समाज टेक्ससका पूर्ब महासचिव विजयराज भट्टराईले समाजले २० वर्ष पुरा गर्न लागेको अवसरमा इतिहासलाई समेटेर स्मारिका दस्तावेज प्रकाशन गर्न लागिएको जानकारी दिए । ‘यो टेक्ससमा नेपाली समुदायका लागि ऐना हुने स्मारिमा सबै पक्षबाट सहयोग र सद्भावको अपेक्षा राखिएको उनले बताए ।
 
नेपाली समुदायको इतिहासलाई समावेश गरेर दस्तावेज प्रकाशित गर्ने योजना समाजको छ । ‘यसमा कुनै पनि गतिविधि नछुटुन् भन्ने हाम्रो चाहना हो’ भट्टराईले भने ।
 
समाजका महासचिव भक्त भण्डारीले अहिलेसम्मका गतिविधिका बारेमा प्रकाश पार्दै समर क्याम्पमा चर्चा गरेका थिए । भण्डारीले कम्युनिटी सेन्टरका बारेमा पनि प्रकाश पारेका थिए । 
 
सोही अवसरमा स्कुल कोअर्डिनेटर भोजबहादुर वलायरले जुलाई १४ देखि २४ सम्म सञ्चालन हुने समर क्याम्पका बारेमा चर्चा गरेका थिए । हिन्दु धर्म संस्कृतिका ज्ञाता डा. चिन्तामणि योगीद्वारा सञ्चालन हुने समर क्याम्पमा १ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइने उनले जानकारी दिए । 
 
९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले भने स्वयम्सेवकाका रुपमा सहभागी हुन सक्नेछन् । समर क्याम्पमा सहभागी हुनेले एकसय २५ डलर र स्वयमसेवकले भने ५० डलर तिनुपर्नेछ । एकै मातापिताका दुई बच्चा सहभागी भएमा ५० डलर छुट दिइने समेत जनाइएको छ । 
 
कार्यक्रममा नेपाली समाज टेक्ससका सचिव परशुराम दाहाल लगायतले बिबिध गतिविधिका बारेमा प्रकाशित गरेका थिए ।