मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लङमन्ट हिमालयज् लायन्समा पुःन जोशन

लङमन्ट हिमालयज् लायन्समा पुःन जोशन


कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय लङमन्ट हिमालयज लायन्सको अध्यक्षमा पुःन जोशन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न निर्वाचनमा संस्थापक अध्यक्ष श्रेष्ठ लगायत सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । हालै सम्पन्न संस्थाले आयोजना गरेको नयां कार्यसमितीका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम उक्त जानाकारी गराईएको हो ।

यसरी निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुमा अध्यक्ष जोशन श्रेष्ठ , उपाध्यक्ष अन्जु श्रेष्ठ, सचिव शाई सुमन, कोषाध्यक्षमा संजय प्रधान रहेका छन् । त्यस्तै अन्य पदाधिकारीहरुमा कम्यूनिकेसन अफिसर नातिबाबु भट्ट , मेम्बरसिप चेयरपर्शन नारायण श्रेष्ठ, प्रमोद श्रेष्ठ, विकल पराजुली र प्रेमकाजी श्रेष्ठ रहेका छन् ।
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष विकल पराजुलीले सबैलाई स्वागत गर्र्दै क्लवको एक बर्षको प्रगती बिवरण प्रस्तुत गरेका थिए भने, कोषाध्यक्ष जोशन श्रेष्ठले अर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदी लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

Advertisement
ADVERTISEMENT

त्यस्तैगरी कार्यक्रममा उपस्थित अन्य संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, सगरमाथाका सफल आरोही रोहित श्रेष्ठ,बुद्धीजिवी, समाजसेवी, ब्यवसाही पत्रकार तथा स्थानीय सर्वसाधारणको उपस्थिती थियो ।

कार्यक्रमको दोश्रो चरणमा सगरमाथाका सफल आरोही रोहीत श्रेष्ठ र नेपाली भाषा कक्षाकी शिक्षिका यसोदा भट्टलाई सम्मान गरिएको थियो । त्यस्तै लायन्सले बिभिन्न समयमा आयोजना गरेको घरवार बिहिनलाई खाना बितरण, ब्लड डोर्नेसन, बृक्ष रोपण, नेपाली भाषा शिक्षा, लगायत बिभिन्न कार्यक्रममा सहयोग गर्ने ब्याक्ति तथा संस्थाका स्वयंसेवकहरुलाई प्रसंसा पत्र र यस कार्यकालका पदाधिकारीहरुलाई कार्यकाल सफल बनाउन सकृय सहयोग गरेवापत प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले सफल कार्यकालको सुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष विकल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम, लङमन्ट हिमालयज् लियो क्लवका उपाध्यक्ष आश्वीनी श्रेष्ठले संचालन गरेकी थिईन् । पदाधिकारीको परिचयात्मक कार्यक्रम संगै नेपालको दुर्गम जिल्ला संखुवासभामा ब्लड बैक निर्माणकोलागी सहयोग संकलन कार्यक्रम तथा नेपाली संस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । अत्यमा अध्यक्ष पराजुलीले कार्यक्रममा उपस्थित भई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

शेयर गर्नुहोस:

0
Shares