मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धर्तीमाताको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने पक्राउ

धर्तीमाताको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने पक्राउ


काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । 
 
गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएकोे छ । 
 
यही असार ५ गते मन्दिरमा उनले घटना गराएको  प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सो घटनाबारे  जानकारी दिँदै परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले उपचारको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । 
 
उनका अनुसार सो घटनामा दुर्व्यवहार भएकी युवती भने सम्पर्कमा नआएकीले खोजी भइरहेको छ । 
 
विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृष्यमा मानिसको ठूलो भीडमा ती महिलाले एक युवतीलाई कुटपिट गरिरहेको देखाइएको थियो । 
 
घटना हुँदा सो स्थानमा नेपाल प्रहरीका कर्मचारीसमेत देखिएकोबारे पत्रकारले सोधेको जिज्ञासामा परिसरका प्रमुख सुवेदीले भीड नियन्त्रण गर्न र मानिसको सुरक्षाका लागि आएकाले कुनै पूर्वघोषित कार्यक्रममा नखटिएको प्रहरीले जनाएको छ ।