मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेरिल्याण्डमा आइसिइको छापा

मेरिल्याण्डमा आइसिइको छापा


बाल्टिमोर (मेरिल्याण्ड) – इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिइ)ले मेरिल्याण्ड राज्यका बिभिन्न स्थानमा छापा मारेर धरपकड सुरू गरेको छ । 
 
बुधबार बिहानैबाट मेरिल्याण्डको कोलम्बिया क्षेत्रमा अाइसिइले छापा मारेर आप्रवासीहरूलाइ पक्राउ गर्न सुरू गरेको द बाल्टिमोर सन अनलाइनले जनाएको छ । लङर्याच र वरिपरीको क्षेत्रमा आइसिइको कालो ज्याकेट लगाएका व्यक्तिहरूले पक्राउ सुरू गरेका छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो संख्यामा गैर कानुनी अाप्रवासीलाइ फिर्ता पठाउने घोषणा गरेसँगै अमेरिकाभरिनै आइसिइ सकृय भएको छ । 
 
यसैबीच मेरिल्याण्ड राज्यका विधायेक ह्यारी भण्डारीले आइसिइले शंका गरेर कुनै गतिविधि गरेमा नआत्तिन र इमिग्रेसन हटलाइनमा तुरून्त फोन गर्न सुझाव दिएका छन् । गाडी वा जुन ठाउँमा बसेको  छ, त्यसको ढोका नखोल्न, नआत्तिन उनले अपिल गरेका छन् । 
 
वैधानिक रूपमा बसोबास गर्दै आएकाले पनि आफ्नो परिचय खुल्ने कागजात साथमा लिएर हिँड्दा असहज अवस्थाबाट जोगिन सकिनेछ । तस्बिर: सामाजिक संजाल