मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चितवनका डा. धरेल क्यानडामा उत्कृष्ट आप्रवासी

चितवनका डा. धरेल क्यानडामा उत्कृष्ट आप्रवासी


क्यानडा । अमेरिकासँग जोडिएको क्यानडाको उत्कृष्ट आप्रवासीमा नेपालीमुलका डा. तुल्सी धरेल पर्न सफल भएको छ । 
 
झण्डै दुइ दशकदेखि क्यानडामा रहेर शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा कृयाशील डा. धरेल उत्कृष्ट आप्रवासीमा पर्न सफल हुनुभएको हो । विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जनालाई प्रदान गरिने यो अवार्ड प्राप्त गर्नेमा यो बर्ष धरेल एकमात्र नेपाली हुनुभएको छ ।
 
यो सूचिमा सात जना भारतीयहरू पनि उत्कृष्ट आप्रवासीमा पर्न सफल भएका छन् । त्यस्तै दुइ पाकिस्तानी पनि सूचिमा परेका छन् । उत्कृष्ट आप्रवासीका लागि सुरूमा ७५ जनाको प्रारम्भिक सूचि तयार गरिएको थियो । धरेल गत वर्ष ७५ जनाको सूचिमा पर्नुभएको थियो । 
 
उत्कृष्ठ २५ छान्नका लागि अनलाइन भोटिंग गरिएको थियो । डा. धरेल क्यानडाको टोरन्टो शहरमा बस्नुहुन्छ ।