मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्व रक्तदान दिवसको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

विश्व रक्तदान दिवसको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न


कोलोराडो (अमेरीका)- विश्व रक्तदान दिवसको अवसरमा शनीवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

“सबैकालागी सुरक्षीत रगत भन्ने” विश्व ब्यापी मुल नारालाई सफल पार्ने उद्धेश्यले लङमन्ट हिमालयज् लायन्स क्लव र ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको संयूक्त आयोजनामा संम्पन्न कार्यक्रममा ६ जनाले रक्तदान गरेका हुन् ।

Advertisement
ADVERTISEMENT

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेल, सदस्य श्रीराम लुईटेल, लङमन्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष बिकल पराजुली, डा. पंकज तिमल्सेना, मछेन्द्र श्रेष्ठ, अनु श्रेष्ठ, नातिबाबु भट्ट रहेका छन् । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

रक्तदान गर्न ईच्छुक धेरै जना भएपनिअमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा एकबर्ष भित्र देश बाहिर मलेरिया प्रभाबित क्ष्ँेत्रमा गएको भए अमेरिका फर्केको एकबर्ष पछि मात्र योग्य ठहरिने छ ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।

 
 

शेयर गर्नुहोस:

0
Shares