मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तल्लो बाटो हुँदै अमेरिका आउनेमाथि थप कडाइ

तल्लो बाटो हुँदै अमेरिका आउनेमाथि थप कडाइ


हिमालयखवर संवाददाता
अमेरिका- दलालको विश्वासमा तल्लो बाटो अर्थात मध्ये अमेरिकी देशको बाटो हुँदै अमेरिका छिर्न प्रयास नगर्नुनै बेस । दलालको विश्वासमा पर्दा धन र ज्यान दुवैको जोखिममा परिने छ । अहिले यही देशमा पनि थप कडाई गरिएको छ ।
 
मेक्सिको लगायत मध्ये अमेरिकी देशहरुले अमेरिका छिर्ने उद्देश्यले आउने आप्रावसीलाई कडाई गर्न थालेका छन् । अमेरिकाको दवावमा ती देशहरुले आप्रावासी माथि कडा हुन थालेका हुन् । 
 
मेक्सिकोमा प्रहरीले राजमार्गहरुमा चेक जाँच वढाएको छ । गुडिरहेको बस रोकेर सडकमा निरिक्षण गर्ने क्रम बढेको छ । केही दिन अघि यस्तै सडकमा निरीक्षण गर्दा बसबाट हन्डुरस र ग्वाटेमालाका आप्रावासी मेक्सिकोमा झारिएको थियो । उनीहरुलाई प्रहरीले हिरासतमा लिएको छ । अमेरिका छिर्ने उद्देश्यले आएका ती आप्रावसी अब मेक्सिकोले हामीलाई चाहन्न भनेर चिन्ता व्यक्त गरिरहेका थिए । यस्ता दृश्य सडकमा पटक पटक देखिने गरेको वाल स्ट्रिट जर्नरलले जनाएको छ ।
 
यसरी मेक्सिकोवाट अमेरिका छिरेर आश्रय माग्ने बढ्दै गएपछि अमेरिकाले यसलाई रोक्ने दवाव सृजना गरेको हो । अमेरिका मेक्सिको सीमामा पनि थप कडा वनाईएको छ । पहिले भन्दा वढी सुरक्षाकर्मीलाई गस्तिमा लगाईएको छ ।
 
पानामा, कोस्टारिका, ग्वाटेमाला, हन्डुरस, कोलम्बिया मेक्सिकाको लगायतका विभिन्न मध्ये अमेरिकी देश हुँदै अप्रावासीहरू अमेरिका छिर्ने गर्छन । नेपालीहरुपनि दलालको फन्दामा परेर यसरी कहिलेकाँही अमेरिका छिर्ने प्रयास गर्छन । 
 
केही सफल भएपनि कैयौंको विचल्ली भएको छ । पछिल्लो समयमा १८ बर्ष नपुगेका केही नेपालीहरु पनि दलालको फन्दामा परेर यसरी अमेरिका आएको भेटिएको थियो । नेपालका स्कुलमा पढ्दै गरेका विद्यार्थीलाई दलालले जोखिमवाटो वाट अमेरिका पठाएका थिए ।
 
अमेरिकाले केही दिन अघि यसरी अमेरिका छिर्न खोज्ने आप्रावासीलाई कडाई नगर्ने हो भने मेक्सिकोका सामान आयातमा शुल्क लगाउने सम्मको धम्की दिएको थियो । यस लगत्तै मेक्सिकोले थप सुरक्षाकर्मी परिचालन गरेको हो ।
 
मे महिनामा मात्र २४ हजार आप्रावासीलाई मेक्सिकोले हिरासतमा लिएको थियो । यसमध्ये अधिकांशलाई सम्वन्धित देशनै फिर्ता पठाईएको थियो । तस्बिर: सामाजिक संजाल