मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड

थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड


न्यूयोर्क (अमेरिका) – अमेरिकामा कृयाशील नेपाली पत्रकार सूर्य थापाले अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्राप्त गरेका छन् । 
 
झण्डै एक दशकदेखि अमेरिकामा रहेर नेपाली समुदायमा पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ । समुदायको हितका लागि काम गर्ने ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई सिकागोमा आईतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् । 
 
‘आफ्नो समुदायको हित हुँदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना गर्दछौ‘ अवार्डमा लेखिएको छ । अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नब निर्बाचित उपाध्यक्ष बुद्धि सुवेदी, सिकागो क्षेत्रका लागि नेपालका पर्यटनदुत बाला घिमिरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका ब्यक्तीहरुको सहभागिता थियो । 
 
अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविष्यको कामना गर्दै समुदायको हितका लागि थप सकृय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टीका बरिष्ठ नेता हुन् । 
 
नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहँदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारिता सकृय रहेका थिए । अमेरिकामा आए पछि ह्वाईट हिमाल टिभी हुँदै हाल कार्यक्रम यु स्टाट अगेन मार्फत समुदायको हित र बिकासका कुराहरुलाई उठाउँदै आएका छन् । हाल अमेरिकाको ड्यालसमा रहेर सामुदायिक पत्रकारितामा संलग्न छन् । 
 
प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् ।