मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा २१ बर्ष भन्दा तलकालाई चुरोट विक्री गर्न नपाइने

टेक्ससमा २१ बर्ष भन्दा तलकालाई चुरोट विक्री गर्न नपाइने


हिमालयखवर संवाददाता-
अमेरिका । टेक्ससका गभर्नर ग्रेग ओवाटले राज्यमा टोबाको उत्पादन किन्न पाउने उमेर २१ बर्ष बनाउने कानुनमा हस्ताक्षर गरेका छन् । यो कानुन अनुसार  चुरोट लगायत सुर्तीजन्य पदार्थ २१ बर्ष भन्दा तलका लाई विक्री गर्न पाइने छैन ।
 
यो कानुन आउने सेप्टेबर १ वाट लागु हुने छ । यसमा चुरोट, सुर्टी लगायत इ सिरेटपनि पर्छन ।
 
गभर्नर ओबाटले सिनेट विल २१ मा हस्ताक्षर गरेकाले यो कानुन भएको हो । अहिलेसम्म १८ बर्ष पुगेकालाई चुरोट विक्री गर्न पाइन्छ ।
 
सुर्तीजन्य पदार्थ विक्री गर्न पाइने उमेर वढाउंदा यसले लत लाग्ने क्रम कम हुने यो कानुनका पक्ष्ँधरहरुको दावी छ ।
 
सेप्टेम्बर एक पछि कसैले २१ वर्ष भन्दा तलका लाई सुर्तीजन्य पदार्थ वा ई सिगरेट विक्री गरेमा ५०० सय डलर जरिवाना तिर्नु पर्ने छ ।
 
यसले राज्यमा सुर्तीजन्य पदार्थको विक्री घट्ने अनुमान गरिएको छ ।
 
टेक्सस नेपालीहरुको कयौं व्यवसाय रहेको राज्य हो । नेपालीहरुले संलग्न ग्यांस स्टेसन लगायत स्मोक सपमा चुरोट विक्री गरिन्छ । यो नियमले ग्यांस स्टेसनको व्यवसायमा पनि प्रभाव पार्ने छ ।