मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युएस नेपाल पोलिसी सेन्टरमा डा. पन्त

युएस नेपाल पोलिसी सेन्टरमा डा. पन्त


सानफ्रान्सिस्को (अमेरिका) – आउँदो तीन वर्षका लागि युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नेतृत्व डा.राजन पन्तले लिएका छन् । 
 
गत साता क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा भएको सेन्टरको चौथो वार्षिक सम्मेलनले पन्तलाइ अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । युनिभर्सिटी अफ क्यालीफोर्निया बर्क्लेमा सम्मेलन भएको थियो ।
 
आउँदो तीन वर्षका लागि सर्वसम्मती रूपमा सेन्टरको कार्यकारी सचिवमा  डा. सुमन पराजुली छनौट भएका छन् । त्यस्तै कार्यसमिती सदस्यमा तरुण पौडेल, डा. देशराज संयोक्, डा. दीनबन्धु भट्ट, डा.इश्वर श्रेष्ठ, जगदम्बा अधिकारी, श्रृष्टी भट्टराइ र डा.लेखनाथ अधिकारी छन् । 
 
नेपाली बैज्ञानिक, बिज्ञ र ब्यवसायीक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नीतिगत र प्राज्ञीक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्दै अाएको छ ।
 
२०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले यसअघि सिकागो, भर्जिनिया, बोस्टनमा वार्षिक सम्मेलन गरिसकेको छ । यसपटक भने सानफ्रान्सिस्कोमा सम्मेलन अायोजना गरेको हो ।