मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालका चर्चित व्यवसायी प्रभाकर राणाको न्यूयोर्कमा निधन

नेपालका चर्चित व्यवसायी प्रभाकर राणाको न्यूयोर्कमा निधन


हिमालयखवर संवादादता-
अमेरिका । नेपालका चर्चित व्यवसायी प्रभाकर शम्शेर राणाको न्यूयोर्क अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको छ । राणाको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
राणाको १० महिना अघि देखी न्यूयोर्कमा उपचार भईरहेको थियो ।
 
राणा पुर्व राजा ज्ञानेन्द्रका व्यवसायीक साझेदार पनि हुन् । राणा नेपालका चर्चित र सफल कम्पनी सोल्टी होटल, सिप्रदी ट्रडिंग, भोटेकोशी पावर लगायतमा संलग्न थिए । सोल्टीमा पुर्व राजा ज्ञानेन्द्रका परिवारको पनि शेयर लगानी छ ।
स्वास्थ्य समस्या देखिएपछि राणा उपचारका लागि अमेरिका आएका थिए । अन्तिम समयमा राणाका साथ परिवारका सदस्यहरु सँगै थिए । 
 
स्वर्गीय राणाको अन्तिम संस्कार पनि न्यूयोर्कमै गरिने बताइएको छ । उनको अस्तुमात्र नेपाल लगिने भएको छ ।
 
शालीन स्वभावका व्यवसायी राणाको निधन प्रति नेपालका उद्यमी व्यवसायी लगायतले शोक व्यक्त गरेका छन् । नेपालको उद्योग व्यवसाय क्षेत्रमा राणालाई भद्र र सम्मानजनक रुपमा लिईन्थ्यो ।
 
उमेरका कारण सकृय व्यवसायीक जीवनवाट भने राणाले आफुलाई अलग गरेका थिए । उनका व्यवसाय छोरा सिद्धार्थले सम्हाल्दै आएका थिए । तस्बिर: सामाजिक संजाल