ड्यालस (टेक्सस) – ब्लड डोनर्स अफ अमेरिकाको अायोजनामा अागामी अाइतबार अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बृहद रक्तदान (मेगा ब्लड ड्राइभ) कार्यक्रम हुने भएको छ ।
अाइतबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मेगा ब्लड ड्राइभ हुने संस्थाले जनाएको छ । कार्यक्रममा सहभागी भएर रक्तदान गरेर पुण्य अार्जन गर्न समेत बिडिएले अपिल गरेको छ ।
एउटा स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्नमिल्छ । रक्तदान गर्ने व्यक्तिले फोटो सहितको परिचयपत्र साथमा लिएर अाउनुपर्नेछ । १७ वर्ष उमेर नपुगेकाले भने रक्तदान गर्न पाउँदैनन् ।
प्रतिक्रिया