मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेजाको १३ औं साधारण सभाको तयारी अन्तिम चरणमा

नेजाको १३ औं साधारण सभाको तयारी अन्तिम चरणमा


ड्यालस (टेक्सस) – आउँदो महिना ड्यालसमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साधारण सभा तयारी अन्तिम चरणमा पुगेको छ ।
 
मे ४ र ५ तारिक ड्यालसमा नेजाको १३ औं साधारण सभा हुँदैछ। साधारण सभामा अमेरिकामा बिभिन्न राज्यहरुमा रहेका झण्डै डेढसय नेपाली पत्रकारहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।
 
नेजाका सचिव सुरज भण्डारीका अनुसार सहभागीहरु बस्ने होटलको टुङ्गो लागिसकेको छ । दुई दिनको कार्यक्रम अवधि भरिको लागि सहभागी पत्रकारहरुका निम्ति अर्भिङमा रहेको होटल हिल्टनमा बस्ने व्यबस्था गरिएको छ ।
 
साधारण सभाकै अवसरमा नेजाले एनआरएनए अमेरिकाको निर्वाचनमा खडा भएका उम्मेदवारहरुसँग मे ५ तारिक वृहद् अन्तरकृया गर्ने भएको छ । त्यसमा सहभागी हुन नेजाले एनआरएनएका सबै उम्मेदवारहरुलाई आग्रह गरेको छ । 
 
‘हामी साथीहरुको ड्यालसको बसाई सहज र अविस्मरणीय बनाउन खटिरहेका छौं, सहभागी हुने साथीहरुले नेजाबाट प्राप्त साधारण सभाको सूचनाको इमेल अनुसार गर्नुहुनेछ भन्ने आशा पनि गरेका छौं,’ सचिव भण्डारीले भने ।
 
नेजाको इतिहासमै पहिलोपटक साधारण सभा ड्यालसमा हुन लागेको हो । साधारण सभा सभ्य र भव्य बनाउन ड्यालसका स्थानीय संघसंस्था, समाजसेवीहरुले समेत निकै चासो र सकृयता देखाएका छन् । 
 
साधारण सभाको एक दिन अघि (मे ३ तारिक) को दिउँसो ३ बजे अगावै आइपुग्ने पत्रकारहरुका लागि नेजाले टेक्सस बाहिर लैजाने गरि फिल्ड ट्रिपको समेत व्यबस्था गरेको छ । नेजाले पत्रकारहरुलाई ३ तारिक ३ बजे अगावै ड्यालस आइपुग्न समेत आग्रह गरेको छ ।

शेयर गर्नुहोस:

0
Shares