मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ह्युस्टनका नेपाली रक्तदानप्रति जागरुक

ह्युस्टनका नेपाली रक्तदानप्रति जागरुक


ह्युस्टन , टेक्सास । केही वर्ष यता यहाँको नेपाली समाज रक्तदानप्रति जागरुक र उत्साही बन्दै गएको देखिन्छ । त्यसो त रगत दानलाई महापूण्य मानिन्छ ।  रगतको अभावमा अकालमा ज्यान गुमाउनेहरुका परिवारलाई थाहा छ त्यो कति पिडादायी हुन्छ । 
 
रक्तदानको महत्वलाई दॢष्टिगत गरी नेप्लिज एशोसिएसन अफ ह्युस्टनले वर्षको दुईचोटी गल्फकोस्ट रिजनल ब्लड सेंटरको सहयोगमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । दशौं नेपाल दिवस तथा नेपाली नयाँ वर्ष २०७६ को अवसरमा  हिजो आइतबार स्थानीय पशुपति मन्दिर प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३८ जना दाताले ४१ पीन्ट रगत दान गरे ।
 
एनएएच सहसचिव एवम् रक्तदान कार्यक्रमकि संयोजक प्रशान्ति पण्डितका अनुसार आइतबार रक्तदान गर्नेहरुमा १६ जना नयाँ थिए । पूर्व अध्यक्ष ज्योति घिमिरेले हिजो दिएको रक्तदान ६२औं थियो । 
 
हरेकपल्ट रक्तदान कार्यक्रमको सफल व्यवस्थापन गरेकी प्रशान्ति पण्डितले यसपाली पनि आफ्नो कुशलता प्रदर्शन गरेकोमा एनएएचले हार्दिक प्रशंसा गरेको छ । हिजो अयोजित सो कार्यक्रममा पण्डित संगै एनएएच कार्यकारी सदस्य नयना अमात्यको सक्रियता उल्लेख्य थियो । 
 
रक्तदान कार्यक्रमलाई अझ सफल बनाउन भी – केयर हेल्थ क्लिनिकले निशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत गरेको थियो , जसबाट २० जनाले सेवा प्राप्त गरेको जानकारी गराइएकोछ । 
 

शेयर गर्नुहोस:

0
Shares