हिमालयखबर संवाददाता
ड्यालस (टेक्सस) – टेक्ससको ड्यालसमा नयाँ मन्दिर बनाउन पुरुषमात्र होइनन् महिलाहरु पनि जुर्मुराएका छन् । शनिबार आयोजित कार्यक्रममा १५ हजार डलर भन्दा बढी सहयोग गर्ने २५ जना महिलाहरुलाई ‘सम्मानार्थ बोर्ड अफ ट्रष्टी’ को सदस्यता प्रदान गरिएको छ ।
सम्मानार्थ बोर्ड अफ ट्रष्टीमा आवद्ध महिला सदस्यहरुमा सिर्जना शर्मा पोखरेल, कायम जोशी, माला महत, शशी पोखरेल, सविता अर्याल, सुनयना जोशी, कविता सिग्देल, अनुपा अधिकारी, देवी खरेल, लक्ष्मी पौडेल अधिकारी, ज्योति ओझा, अरुणा आचार्य, विमला भण्डारी, निर्मला देवकोटा अधिकारी, उमा अधिकारी, सुनिता प्रधान, सरबिन्दु सापकोटा, रेणु अग्रवाल, रमिता श्रेष्ठ, रक्षा थापा, प्रिती राणा भण्डारी, म्याण्डी पाण्डे, दुर्गादेवी पण्डित लगायत छन् ।
नयाँ मन्दिर निर्माणमा महिलाहरुको सकृयता र चासो बढेसँगै अब झण्डै ५० लाख डलर लागतमा नयाँ र भव्य मन्दिर तोकिएकै समयमा तयार भैसक्ने संभावना बढेको छ । विगतमा ४५ लाख डलर लाग्ने अनुमान गरिएकोमा पार्किङलटका लागि जग्गा थप गर्नुपर्ने र संरचनामा समेत केही परिमार्जन गर्नुपर्दा लागत अनुमान बढेको हो ।
शनिबार युलेसको गोर्खा रेष्टुरेन्टमा आयोजित बोर्ड अफ ट्रष्टीका सदस्यहरुलाई सम्मान तथा नयाँ सदस्य थप कार्यक्रममा समुदायका अगुवाहरुले तोकिएकै समयमा मन्दिर निर्माण गरिछाड्ने प्रतिवद्धता दोहो¥याएका छन् ।
शनिबारको कार्यक्रममा युलेस मन्दिर प्रोजेक्टका लागि चारलाख दुईसय १५ डलर तिर्ने प्रतिवद्धता स्थानीय समाजसेवीहरु गरेका थिए । सबैभन्दा बढी सहयोगको प्रतिवद्धता स्थानीय समाजसेवी तथा व्यबसायी भीम कार्कीले गरेका छन् । कार्की एक्लैले २५ हजार डलर सहयोगको घोषणा गरे ।
शनिबार स्थानीय १५ हजार डलर मन्दिरलाई सहयोग गरेर डा. अनुज कँडेल र डा. रोजी भण्डारीले मानार्थ बोर्ड अफ ट्रस्टी सदस्यका रुपमा प्रवेश गरेका छन् । त्यस्तै नयाँ बोर्ड अफ ट्रस्टीका रुपमा प्रवेश गर्नेहरुमा दीपक खरेल र सुमीरन सापकोटा छन् ।
त्यस्तै यमुना भट्टराई, अम्बिका राउत, निरज श्रेष्ठ, गोकर्ण दाहाल, कमल सापकोटा, कमल सत्याल, राजेश अर्याल, भानु खरेल, प्रेम शाही, दबित आचार्य, यादब खनाल र सुजित पोखरेलले पहिलेनै दिएको आफ्नो सहयोग रकम बढाएर सम्मानार्थ बोर्ड अफ ट्रष्टीको सदस्य भएका छन् ।
संस्थापक सदस्य रहेका भीम कार्कीले शनिबार सबैभन्दा बढी रकम दिने प्रतिवद्धता जनाएका छन् । कार्कीले युलेसको नयाँ मन्दिर प्रोजेक्टका लागि २५ हजार दिने घोषणा गर्दा उनको सम्मानमा तालीको गडगडाहट भएको थियो । संस्थापक सदस्यबाट सम्मानार्थ बोर्ड अफ ट्रष्टी सदस्य हुनेमा टीका पौडेल, केदार तिमिल्सिना, देवीप्रसाद (दीपक) पाण्डे, अमृत कट्टेल रहेका छन् ।
संस्थापक सदस्यबाट ११ हजार तिरेर बोर्ड अफ ट्रष्टी सदस्य हुने प्रतिवद्धता व्यक्त गर्नेहरुमा शैलशराज आचार्य, डा. अर्जुन बञ्जाडे, विकासराज न्यौपाने, शान्ति कार्की, सुरज पौडेल, सन्तोष विष्ट, भरत अर्याल, सुदीप बस्नेत, हरि अधिकारी, सुमन थापा, डा. सन्देश रेग्मी, अच्युत थापा, प्रार्थना पाण्डे, गगन केसी, कुशल ज्ञवाली, उदय कसजु , सन्तोष चौधरी, सरोज सिग्देल, अमोद श्रेष्ठ, बिनोद तिवारी रहेका छन् ।
पहिलेनै मानार्थ बोर्ड अफ ट्रष्टीमा रहिसकेका स्थानीय महिलाहरुको समुहले १० हजार डलर सहयोगको प्रतिवद्धता जनाएका छन् ।
लामो समय लसभेगासमा रहेर व्यबसाय गर्दै आएका नारायण कँडेलले संस्थापक सदस्यमा रहनेगरि तीनहजार डलर सहयोगको प्रतिवद्धता गरे । उनी स्थानीय गोर्खा रेष्टुरेन्ट एण्ड बारका मालिक पनि हुन् ।
युलेसको हाइवे–१० सँगै दक्षिणतर्फको झण्डै ८ एकड जग्गामा अत्याधुनिक र पुरातन वास्तुकलाको संयोजनमा भव्य मन्दिर बनाउने योजनामा ड्यालसका नेपालीहरु जुर्मुराएका छन् । झण्डै २३ हजार चारसय १५ वर्गफिट क्षेत्रफलमा निर्माण हुने मन्दिरको लागत ४९ लाख ५२ हजार २ सय ५० डलर लाग्ने अनुमान छ ।
शनिबारको कार्यक्रममा सहयोगको प्रतिवद्धता जनाउनेहरुले आवश्यक परेमा अरु रकम पनि मन्दिरका लागि दिन तयार रहेको, तर समयमै बनाएर अमेरिकाभरि नमूना धामका रुपमा परिचित गराउनुपर्ने सुझाव दिए ।
अघिल्लो पटक संस्थापक सदस्य विस्तारका लागि आयोजित कार्यक्रममा स्थानीय ८० जना नेपालीहरुले दुईलाख ४० हजार दिने प्रतिवद्धता जनाएका छन् ।
मन्दिरका लागि सहयोग जुटाउने उद्वेश्यले आगामी दिनमा पनि कार्यक्रमहरु गर्दै जाने नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले बताए ।
चाँडोमा आउँदो दशैं र ढिलोमा शिवरात्रीसम्ममा मन्दिरको जग खनेर निर्माण थाल्ने योजनामा मन्दिरको व्यवस्थापन समिति छ । त्यसका लागि तत्काल १४ लाख डलर आवश्यक पर्छ ।
मन्दिर सञ्चालक समितिले निर्माण खर्चका आवश्यक सहयोग जुटाउन तीनसय जना संस्थापक सदस्य, १८ जना बोर्ड अफ ट्रस्टी, ५ जना संरक्षक र १० जना वरिष्ठ बोर्ड अफ ट्रस्टी सदस्य थप गर्ने योजना बनाएको छ ।
कस्ले के भने ?
शनिबारको कार्यक्रममा सहभागीहरुले मन्दिर निर्माणमा जसरी पनि लाग्नुपर्ने धारणा राखे ।
समाजसेवी प्रकाश गौतमले मन्दिरले नै अमेरिकामा आएका दोस्रो पुस्ताका नेपालीहरुलाई तान्ने भएकोले जसरी भएपनि बन्नुपर्नेमा जोड दिए । ‘मन्दिर हामी सबै नेपालीको आस्थाको केन्द्र भएकोले जस्ले जति सकिन्छ मुठठी खोलेर सहयोग गर्नैपर्छ, यसलाई बनाउनैपर्छ,’ गौतमले भने ।
अर्का समाजसेवी टीका पौडेलले समुदायकै केही व्यक्तिका चरित्र प्रति असन्तुष्टी व्यक्त गर्दै भने–‘नयाँ गाडी किनेको छ, घर किनेर सरेको छ । ती सबै चिजका फोटा फेसबुकमा हालेको छ । तर जब मन्दिर जस्तो सामाजीक काममा सहयोगको कुरा आउँछ हैसियत छैन भन्ने जवाफ सुनिन्छ । के हो हैसियत भनेको ?’
उनले कुनै बिबाह गर्न, ब्रतवन्ध गर्न नेपाल जानुपर्दा ठूलो खर्च लाग्ने गरेको तर यहीँको मन्दिरमा त्यस्ता कार्य गर्दा ठूलो रकम वचत हुने कुरालाई नभुल्न समेत आग्रह गरे ।
समाजसेवी शैलेशराज आचार्यले बन्न लागेको मन्दिरलाई मन्दिरका रुपमा मात्र नहेरिदिन आग्रह गरे । ‘यो हाम्रो सामुदायिक भवन हो, बालबालिकाका निम्ति पाठशाला पनि हो । बालबालिकालाई नैतिकता, आचरण सिकाउने हो भने अभिभावकले ल्याउनैपर्छ, त्यसका लागि भएपनि गच्छे अनुसार सबैले सहयोग गरौं,’ उनले भने ।
डिएफडब्लु एरियाका चर्चित नेपाली चिकित्सक सञ्जिव श्रेष्ठले नयाँ मन्दिरको परियोजनालाई ‘नोबल प्रोजेक्ट’ को संज्ञा दिँदै सबैको सहयोग नभै यति ठूलो मेगाप्रोजेक्ट नबन्ने भएकोले मन र मुठ्ठी खोलेर सहयोग गर्न आग्रह गरे ।
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका पूर्ब अध्यक्ष रमेश पोखरेलले मन्दिर आउँदा आफ्ना साना बालबालिकालाई समेत सँगै लिएर आउन आग्रह गरे । त्यस अवसरमा डा. प्रेम अधिकारी, डा. अर्जुन बञ्जाडे, भीम कार्की, डा. माया उपाध्याय, सुमन थापा, बासु भण्डारी, डा.रोजी राजभण्डारी, संतोष विष्ट, बिकास राज न्यौपाने लगायतले मन्दिरको आवश्यकताका बारेमा जोड दिएका थिए ।
कार्यक्रममा नयाँ मन्दिर प्रोजेक्टका बारेमा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मनोज सिग्देलले पावरप्वाइन्ट प्रस्तुति गरेका थिए । कार्यक्रममा बोर्ड अफ ट्रष्टीका सचिव सिर्जना शर्मा पोखरेलको स्वागत मन्तव्य पश्चात अघि बढेको थियो ।
कार्यक्रममा नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलले सहयोग संकलनका लागि स्थानीय नेपाली समुदायसँग क्रमशः यस्तो खालको अन्तरकृया गर्दै जाने योजना रहेको बताए । आगामी अप्रिल २७ शनिबार पनि नेपाली समुदायसँग मन्दिरका बारेमा छलफल कार्यक्रम राखिएको छ ।






प्रतिक्रिया