मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा बस्ने पुराना नेपाली आफूलाई ‘सुपरपावर’ नै ठान्दा रहेछन् : प्रचण्ड

अमेरिकामा बस्ने पुराना नेपाली आफूलाई ‘सुपरपावर’ नै ठान्दा रहेछन् : प्रचण्ड


हिमालयखबर संवाददाता- 
अमेरिका । अमेरिकामा बस्ने केही पुराना नेपाली खाडी र युरोपमा बस्नेभन्दा आफस्लाई सुपरपावर ठान्दै नेपालबाट गएका नेपालीलाई हेप्ने गरेको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
 
पत्नी सीताको उपचारका लागि परिवारसहित अमेरिका आएका पूर्वप्रधानमन्त्री दाहालले नेपाल फर्किएपछि त्रिभुभव विमानस्थलमा उक्त कुरा बताएका हुन् ।
 
विस्तारै जनआन्दोलनमा सहभागी नेपालीहरु पनि अमेरिका बस्न थालेकाले यो अवस्थामा पनि परिवर्तन देखिएको पनि दाहालले बताए
 
अमेरिकामा मात्र एकथरी नेपाली जो पहिलेदेखि गएका छन्, ती आफूलाई त्यहीको रैथानेजस्तो ठान्छन् आफूलाई अमेरिकामा बसेकाले पुराना सुपरपावर ठान्दै यहाँबाट गएकालाई हेप्ने गर्दा रहेछन् तर, विस्तारै यसमा परिवर्तन हुँदै आएको दाहालले बताए ।
 
नेपाल र अमेरिकाबीच उच्च तहमा वार्ता संवाद हुनपर्नेमा आफूले जोड दिएको दाहालले बताए । इन्डोप्यासेफिक नेपालमा प्रचारप्रसार भएजस्तो ठूलो कुरा नभएको र यसबाट नेपाललाई अप्ठ्यारोमा पार्ने अमेरिकाको कुनै पनि नियत नरहेको भन्ने जवाफ आफूले पाएको दाहालले बताए ।
 
दाहाल करिब १० दिन लामो अमेरिका भ्रमण सकेर बिहीबार नेपाल फर्किएका थिए ।  

शेयर गर्नुहोस:

0
Shares