हिमालयखवर संवाददाता-
अमेरिका । बुधवार खुलेको पावरबल ज्याकपट एक जना व्यक्तिलाई परेको छ । तर, विस्कन्सन राज्यमा चिठ्ठा किन्नु भएको होइन भने तपाई यसको विजेता होइन । विस्कन्सन राज्यमा चिठ्ठा किन्ने एक जना झण्डै ७७ करोड अमेरिकी डलरको पावर बल ज्याकपट विजेता भएका छन् ।
यो पावरबलको इतिहासमा तेस्रो ठुलो राशीको ज्याकपट थियो । केही साता देखि कसैलाई पनि ज्याकपट नपरेकाले पुरष्कार राशी वढ्दै गएको थियो । पुरष्कारको राशी वढ्दै जांदा किन्नेहरु पनि वढेका थिए ।
बुधवार पावरज्याकपट खुल्दा १६, २०, ३७, ४४, ६२ र पावरबल नम्बर १२ निस्किएका थिए । यी ६ वटै नम्बर विस्कन्सन राज्यमा चिठ्ठा किन्नेसंग मिलेको छ । यो ज्याकपट नपरेपनि अरु यसभन्दा कम जित्नेहरु भने थुप्रै छन् । ज्याकपट परेन भनेर किनेको चिठ्ठा फाल्नुअघि अरु केही नम्बर मिलेका छन् कि हेरौं किन्न लगानी गरेको पैसा फिर्ता आएको पनि हुन सक्छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया