मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

तामाङ सोसाईटी उतर अमेरिकाको बार्षिक साधारण सभा (लेवर डे) अगस्ट ३१ मा सन्फ्रान्सिस्कोमा हुदै

तामाङ सोसाईटी उतर अमेरिकाको बार्षिक साधारण सभा (लेवर डे) अगस्ट ३१ मा सन्फ्रान्सिस्कोमा हुदै


तामाङ सोसाईटी उतर अमेरिका को  मिती मार्च २४,२०१९ आईतवार समाजका अध्यक्ष श्री लक्यान लामाको अध्यक्षातामा कन्फरेन्स् कल मार्फत वेलुकी ८ बजे देखि बसेको कार्यसमितीको पुर्ण बैठकले सर्वसम्मत रुपमा तपशिलमा आधारित निर्णयहरु गरेका छन् ।
 
 प्रस्ताव नं १ माथी छलफल गरि  संस्थाको १७ औं स्थापना दिवस मनाउने सम्बन्धमा मार्च २८ मा संस्थाको बार्षिक उत्सव परेको हुदा यस बर्ष पनि विगतको वर्ष झै संस्था स्थापना भएको १७ औ बर्षलाई १७ औ बार्षिक उत्सवको रुपमा न्युयोर्क राज्यमा मनाउने निर्णय गरियो र उक्त दिवसको लागि न्युयोर्क राज्यको संस्था तामाङ सोसाईटी अफ न्युयोर्क संग आवश्यक छलफल गरि सम्पुर्ण तयारीका लागि उपाध्यक्ष श्री मोहन वाईबा ज्यु लाई संयोजक बनाउने सर्ब सम्मत निर्णय गरियो । 
 
प्रस्ताव नं २) मा TSNA Emergency Fund -2018” को प्रगति सम्बन्धमा बिशेष छलफल गरि संस्थाले परिकल्पना गरि ५० हजार डलर संकलन गर्ने उध्येश्य सहित बनाएको र कार्यरुप अगाडी बढाएको फण्ड सोचे भन्दा छिट्टै र सबैको उत्साहजनक सहभागिता भै ५० हजार डलर संकलन भै सकेको विवरण अध्यक्ष ज्यु ले जानकारी गराउनु भयो र साथै सबै कार्यसमिति सदस्यहरु, सल्हाकार ज्युहरु र यस फण्डको संस्थापक ज्यु हरुलाई अध्यक्ष ज्यु ले विशेष धन्यवाद समेत प्रकट गर्नु भयो यसरी अध्यक्ष ज्यु ले दिनु भएको कोषको सम्पुर्ण विवरण र सह कोषाध्यक्ष ज्यु ले पेस गर्नु भएको आर्थिक विवरणलाई बैठकले सर्वसम्मत रुपमा पारित गर्दै कोष बनाउन सफल भएकोमा कोष संकलनमा सहयोग पुर्याउनु हुने सम्पुर्ण लाई यस बैठकले धन्यवाद प्रकट गरियो र साथै कोषको रकम अझै पनि यहि क्रममा संकलन जारी राख्ने र ५० हजार डलर भन्दा बढि संकलित रकम शिक्षाका लागि खर्च गर्ने गरि शिक्षा कोष निर्देशिका बनाएर शिक्षा कोषमा जम्मा गर्ने निर्णय समेत गरियो ।
 
प्रस्ताव नं ३) मा TSNA Emergency Fund -2018” को संचालन कार्यविधी निर्देशिका तयार गर्ने सम्बन्धमा छलफल गरि कुनै पनि कोष मासिने, हराएर जाने, कोषको रकम दुरुपयोग गर्न सकिने संभावनाहरु अनगिन्ति हुने हुदा कोषलाई जीवन्त राख्न अनि अति आवश्यक व्यक्तिले मात्र कोषबाट राहत पाउनका लागि संस्था र कोषलाई कड़ा निर्देशिका अति आवश्यक हुन्छ यसर्थ निर्देशिका तयार पार्नका लागि अध्यक्ष  लाक्यान लामाको अध्यक्षतामा उपाध्यक्ष मोहन वाईवा, महासचिव डोल्मा लामा, मिडिया कोअर्डिन्टर निमा पाख्रिन, सदस्य सुर्य मोक्तान र आवश्यकतानुसार सल्हाकार हरुलाई समेत समाहित गरि निर्देशिका तयार पार्ने ज़िम्मेवारी बैठकले दिईएको छ र तयार भए पछि उक्त निर्देशिकालाई कार्यसमितिले अनुमोदन गरि बार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरियो ।
साधारण सभाबाट पारित गरे पछि मात्र कोषको रकम संचालन हुने छ ।
 
प्रस्ताव नं ४ मा संस्थाको बार्षिक साधारण सभा कहॉ र कहिले गर्ने सम्बन्धमा छलफल गर्दा संस्थाको बार्षिक साधारण सभा लेवर डे (Labor Day) विदाको समय अगस्ट  ३१ मा उद्घाटन  र सेप्टेम्बर १ मा समापन गर्ने गरि दुई दिने कार्यक्रम सहित पर्यटकिय शहर क्यालिफोर्निया सान फ्रानसिस्कोमा गर्ने निर्णय सर्वसम्मत पारित गरियो र साथै  सम्पुर्ण व्यवस्थापनका लागि संस्थाको वरीष्ठ उपाध्यक्ष श्री सेर लामा लाई संयोजक बनाउने निर्णय समेत आजकै बैठकले पारित गर्दै संयोजकले तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियासंग छलफल गरि आवश्यक भए बमोजिमको व्यवस्थापन गर्नु गराउन सकिने गरि ज़िम्मेवारी प्रदान गरियो साथै साधारण सभाको व्यवस्थापनमा तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया संस्था रहने निर्णय गरियो ।
 
प्रस्ताव नं ५ मा विविध सम्बन्धमा छलफल गरि बाक़ी निर्णय अन्य बैठकमा गरिने निर्णय सर्वसम्मत गरियो।
 

शेयर गर्नुहोस:

0
Shares