मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अप्रिल १३ मा ड्यालसमा बृद्ध बा–आमाका लागि पिकनिक आयोजना हुँदै

अप्रिल १३ मा ड्यालसमा बृद्ध बा–आमाका लागि पिकनिक आयोजना हुँदै


हिमालयखबर संबाददादा- 
ड्यालस (टेक्सस) । संख्यात्मक हिसाब गर्ने हो भने ड्यालसमा दुई दर्जन जति नेपाली सामाजीक संघसंस्थाहरु छन् । तर संघसंस्थाले आयोजना गर्नुपर्ने खालको एउटा अतिनै रचनात्मक कार्य भने एकजना व्यबसायीले गरेर सबैको आकर्षणको केन्द्र बनेका छन् ।
 
विगत १२ वर्षदेखि ड्यालसमा रहेर एकाउन्टिङ पेशा अँगाल्दै ‘मम टुगो’ क्याफे समेत सञ्चालन गर्दै आएका प्रदीप गिरीले वृद्ध बा–आमाहरुलाई मनोरञ्जन गराउनका पिकनिक आयोजना गर्दैछन् । ‘नेपालबाट यहाँ रहेका छोराछोरी, नाती–नातिनाहरुलाई भेट्न आएका बा–आमाहरुलाई एकै ठाउँमा भेटघाट गराउने, रमाइलो गराउने र उहाँहरुका अनुभव कुरा सुन्नका लागि यो पिकनिक आयोजना गर्न लागेको हुँ,’ गिरीले हिमालय खबरसँग भने । 
 
नेपालबाट आएका बा–आमाहरुलाई हरेक आइतबार नियमित रुपमा अर्भिङको नेपाली मन्दिरमा भेट्दा आफुलाई उहाँहरुका निम्ति यस्तो कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने मनमा आएको समेत उनले बताए । त्यसै अनुसार आउँदो अप्रिल १३ तारिक शनिबार ग्रेपभाइन तालको किनारमा पिकनिक आयोजना गर्न लागिएको उनले बताए ।
 
‘यो पिकनिक निशुल्क हो, यसमा बा–आमाहरुका लागि रमाइला खेलकुका साथै सहभागीलाई उपहार समेत दिएर उहाँहरुले सधैँ सम्झिरहने खालको बनाउने सोचमा छौँ,’ उनले भने । मम टुगोको तर्फबाट आयोजना गर्न लागिएको यो पिकनिकलाई सानो रुपमा आयोजना गर्ने सोचमा धेरैतिरबाट सकारात्मक प्रतिकृया आएपछि भव्य र ठूलो रुपमा आयोजना गर्न लागिएको छ । 
 
पिकनिक ग्रेपभाइन लेकको रकलेज पार्कमा आयोजना हुनेछ । यो पार्कमा तीनसय जना अटाउने क्षमता छ । ‘हामी त्यो दिन त्यही खाना बनाएर खान्छौँ, बा–आमालाई रमाइलो गराउँछौ,’ उनले भने । पिकनिकमा सहभागी हुनका लागि अनलाइन फर्म भरिदिन समेत उनले आग्रह गरेका छन् ।
 
‘तपाई हाम्रा छिमेकका कोही नेपालबाट आउनुभएका बा–आमा हुनुहुन्छ भने कृपया खबर गरिदिनुहोला र फर्म भरेर सहभागी हुन सहयोग गरिदिनुहोला,’ उनले अनुरोध गरे । 
 
यस्तो खालको पिकनिकले नेपालबाट आउनुभएका बा–आमाहरुबीच एकआपसमा जिनजान हुने, दुःख सुखका कुराकानी गर्न मिल्ने, अनुभव साटासाट समेत हुने भएकोले निकै फलदायी र रमाइलो हुने आशा गरिएको छ । पिकनिक पुरै शाकाहारी हुनेछ ।