न्यूर्योक – पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको मर्म अनुसारनै विदेशमा वस्ने नेपालीलाई राजनीति बाहेकका सवै अधिकार उपयोग गर्न सकिने नागरिकता दिइने बताएका छन् । यसका लागि आफूले नेपाल पुगेर अहिलेसम्म भएका कामका बारेमा जानकारी पनि लिने आश्वासन दिएका छन् ।
मंगलवार नेपाल फर्किने क्रममा विदाई गर्न पुगेका नेपाली समक्ष न्यूर्योक स्थित जेएफके विमानस्थलमा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी एकिकृत एमालेका अध्यक्ष समेत रहेका दाहालले उक्त धारणा व्यक्त गरेका हुन् ।
विमानस्थलमा पुगेका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका बोर्ड सदस्य सञ्जय थापाले पुव प्रधानमन्त्री दाहाललाई विदेशमा वस्ने नेपालीलाई दिने भनिएको नागरिकता विधयेक छलफलका क्रममा विभिन्न शंका उपशंका उठेको बताउँदै प्रश्न राखेका थिए ।
यसमा पुर्व प्रधानमन्त्री दाहालले भने–अन्य सबै अधिकार भनेको त्यहाँ (नेपालमा नेपाली )नागरिकले पाउने अरु सवै जे जे ुहन अधिकार छन् त्यो सवै पाउने भनेको हो । चुनाव लड्ने वाहेक कुनै कन्फियूजन त्यहाँ होइन ।
अहिले तपाईले राख्नुभयो पनि नागरिकताबारे प्रश्न उठेको छ भनेर त्यस्तो होइन अहिले विद्येयक माथि छलफल हुदैं छ दाहालले भने–नागरिकता विद्येयकका वारेमा छलफल हुँदैछ । तपाईहरुले उठाएको कन्सर्न मैले वुझें त्यो स्पिरिट संविधानको हुँदै होइन । अहिले पनि ऐनमा हामी त्यसलाई हल गरेर लान्छौं । भाषा सम्वन्धि त्यो विषय त हुन सक्दैन । तपाईले भन्नुभयो मैले त्यो हिसावले पनि गरेको छैन । अव यहाँबाट गएपछि त्यसकोपनि केही समस्या छ भने त्यसलाई समाधान गर्न मेरो पहल हुने छ ।
थापाले दाहालसँग विदेशमा वस्ने नेपालीलाई दिने नागरिकताका वारेमा यस्ता शंका आशंका भए यहाँ बस्ने नेपालीले लगानी लैजान समेत हतोत्साहित हुने बताएका थिए । मैले नागरिकताकाको जुन सवाल उठिरहेको थियो छोटो भेटमा भएपनि पुर्व प्रधानमन्त्रीसँग राखें थापाले हिमालयखवरसँग भने उहाँले संविधानले दिएको अधिकारभन्दा कम हुन्छ भन्ने त प्रश्ननै नरेको बताउनुभयो ।
थापा सहितका एनआरएए अमेरिकाका पदाधिकारीले केही महिना अघि नेपालमा एनआरएन नागरिकताका वारेमा विभिन्न तहमा लविङ्ग गरेका थिए ।
पुर्व प्रधानमन्त्री दाहाल पत्नी सीताको उपचारका लागि अमेरिका आएका थिए । उपचार सकिएपछि मंगलवार नेपाल फर्किएका हुन् । दाहाल परिवारलाई विदाई गर्न केही नेपाली विमानस्थल पुगेका थिए ।
देख्दा दाहाल पत्नी सिताको स्वास्थ्यमा त्यत्ति सुधार भए जस्तो लागेन थापाले भने–‘उपचारको असर देखिने समय पनि लाग्ने भएर हो की ?‘
प्रस्तुत छ–थापासँग पूर्व प्रमं दाहालले गरेको कुराकानीको भिडियो
प्रतिक्रिया