हिमालयखवर संवाददाता
अमेरिका- अव न्यूर्योकमा पनि सवारी चालक अनुमती पत्र (ड्राइभिगं लाइसेन्स) कालागि लिखित परिक्षा नेपाली भाषामा दिन पाइने भएको छ । मंगलवार डीएमभी न्यूर्योकले विज्ञप्ति मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो । नेपालीसंगै बंगाली भाषामा पनि यस्तो परिक्षा दिन पाइने भएको डीएमभी न्यूर्योकले जनाएको छ ।
यस अघि मेरिल्याण्डमा नेपाली भाषामा यस्तो लिखित परिक्षा नेपाली भाषामा दिन पाइने भएको थियो । मेरिल्याण्डमा एनआरएनए अमेरिकाको पहलमा २ बर्ष अघि नेपाली भाषामा यस्तो परिक्षा लिन पाइने निर्णय भएको थियो । यसपछि न्यूर्योकमा पनि एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलको पहलमा स्थानिय सरकारसक्ष्ँम उक्त अनुरोध गरिएको थियो ।
न्युर्योक सवैभन्दा वढी नेपाली बस्ने राज्य पनि हो । मेरिल्याण्डमा पनि धेरै नेपाली बस्छन् ।
अंग्रेजी कमजोर भएकालाई नेपाली भाषामा परिक्षा दिन पाउंदा केही सजिलो पर्ने छ । नेपालीमा परिक्षा दिन नपाउंदा पनि कयौंलाई लिखित परिक्षा पास गर्न कठिन भईरहेको थियो ।






प्रतिक्रिया