क्यालिफोर्निया (अमेरिका)- अहिलेअमेरिकामा ठुलो समस्याको रूपमा बढिरहेको “बन्दुक हिंसाको विरुद्ध जनचेतना” दिने भिडियोको प्रोमो क्यालिफोर्नियाको लसएन्जल्समा सार्वजनिक गरिएको छ ।
मुख्य कलाकारहरू हरुमा न्यु योर्क फिल्म एकेडेमी लसएन्जल्स बाट ग्राजुयसन गरेका नेपाली समुदायका बहु प्रतिभाको धनी सुरज श्रेष्ठ र ब्राजिलिन मुल्की अवार्ड विजेता कलाकार रिब्बेका मोमो को मुख्य अभिनय रहेको र जसमा एस राज प्रोडक्शनका एस राज (शङ्कर राज वाग्ले)को निर्देशन तथा छायाङ्कन रहेको छ ।
उनले यसअघि नेपाली चर्चित टेलिफ़िल्म मेरी बास्सैमा निकै रुचाईएको भूमिका राईफलेका रूपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भूमिकामा रहेर अभिनय गर्दै हाल अमेरिकामा समेत जनचेतनामुलक भिडियोहरु बनाईरहेको छ र साथै बोधी एच डी र वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको पनि सहकार्यता रहेको छ ।
उक्त भिडियोमा कलाकारहरू कुसुम थापा, श्याम सेढाई,एन आर एन एन सिसी अफ अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियान्त इन्दिरा त्रिपाठी, सञ्चारकर्मी डोल्मा लामा, रहेको छ र अन्य कलाकारहरूमा चक्रपाणि मिश्र ,पण्डित -चूडामणि गौतम को पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।
उक्त भिडियोमा एस राज प्रोडक्शनका टिमले आफ्नै निर्देशन र छायाङ्कनमा अमेरिकामै पहिलोपल्ट यो जल्दो बल्दो समसामयिक विषयवस्तु पर्दामा उतार्न सफल भएका छन् ।यो विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको छ र
'यो जीवनको के भर छ र' भन्ने सान्दर्भिक गीतमा 'बन्दुक हिंसा विरुद्ध जनचेतना' फैलाउने कथावस्तुको अवधारणा भने सामाजिक अभियान्त एवं सञ्चारकर्मी डोल्मा लामाले ल्याउनुभएको हो र सम्पादन हलिउडका Tanò zorki ले गरेका छन् ।
जीवनसँग सम्बन्धित 'यो जीवनको के भर छ र' भन्ने गीत चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने सङ्गीत सङ्गीतकार हरि लम्सालको र रचना गीतकार अनमोल मणिको रहेको छ ।
यो भिडियोमा हामी कोही कसैको जीवनको केही भर छैन र कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ,हामीलाई थाहा छैन भन्ने भाव प्रश्ट्याउन खोजिएको छ र साथै चाडै नै यो भिडियो हलिउडमा सार्वजनिक गरिने तयारी भइरहेको सचारकर्मी डोल्मा लामाले जानकारी दिएकी छिन् ।






प्रतिक्रिया