हिमालयखवर संवाददाता
अमेरिका- दुई अमेरिकी डलर पर्ने चिठ्ठाले तपाईलाई ६२ करोड ५० लाख डलर दिलाउन सक्छ । तर, पर्ने संभावना भने झण्डै ३० करोडमा एक मात्र छ । कहीं कतै कसैको भाग्यमा यस पटक भएन भने अर्को अर्को पटक यो चिठ्ठा पर्ने नै छ ।
लगातार केही साता देखि कसैलाई पनि नपरेकाले पावरवल चिठ्ठाको रासी ६२ करोड ५० लाख पुगेको हो । यो चिठ्ठा आउने शनिवार पुन खुल्ने छ । पावरबल चिठ्ठाको इतिहासमा यो चौथो सर्वाधिक पुरष्कार राशी हो । तर, चिठ्ठापर्नेले यो सवै रकम भने पाउने छैनन । करहरु तिर्नु पर्छ र एकैपटक सवै जितेको पुरष्कार लिने हो भने केही घट्छ । तर, सवै काट्कुट गर्दा पनि नेपाली रुपैंया ३० अर्ब रुपैंयाभन्दा वढी हात पर्छ । वुधवारको पावरवल ज्याकपटको पुरष्कार राशी ५५ करोड डलर थियो । तर, यो कसैलाई पनि परेन ।
आफुले किनेको ६ वटा जादुमयी नम्बर मिल्योभने एकैपटक डलरमा करोडपनि भइने छ ।
चिठ्ठाको राशी जति वढी भयो किन्नेहरुपनि वढ्छन् । केही महिना अघि एकजनाले एक अर्ब ५० हजार डलर राशीको चिठ्ठा जितेका थिए ।
शनिवार खुल्ने पावरबलको यो चिठ्ठा रकमलाई एक सय डलरको नोटको चांग लगाउने हो भने न्यूयोर्कको विश्व व्यापार केन्द्रको एउटा भवन वा दुवहीको बुर्ज खालिफाभन्दा अल्लो हुने पावरवलले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।






प्रतिक्रिया