मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गीतकार बिटु केसीको नयाँ गीत यूटूबमा

गीतकार बिटु केसीको नयाँ गीत यूटूबमा


तिमीले बोले मात्र पुग्छ यो मनलाई 
तिमीलाई देखे मात्र यो मनमा फूल फुल्छ 
तिमी भित्र पाउँदा आफैलाई 
अग्लिएर हिमाल छोऐं 
पग्लिएर पानी पानी भएँ …..
 
आधा मन गीति एलबमबाट पहिलो यो गीत भिडियो रिलीज भएको छ | अनिल शाहीको संगीत रहेको यस गीतमा एन्जेला श्रेष्ठको आवाज रहेको छ | शब्द रचना बिटु केसीको हो | भिडियो अभिनयमा अनिल शाही र बबिता प्रधान श्रेष्ठ हुनुहुन्छ | 
 
पाँच देखि छ वटासम्म गीत आधा मन एलबममा समावेश रहने संगीतकार अनिल शाहिले बताउनु भयो | करीब करीब सबै गीतहरुको रेकर्डिंग पूरा भइसकेको जानकारी गराउँदै उहाँले भन्नु भयो – " यस एलबममा गरिएको मिहिनेत अनुसार म धेरै नै उत्साहित छु | समय मिलाएर छिटै नै एक पछि अर्को गीतहरु रिलीज हुनेछन | "
 
विभिन्न गायक र गायिकाको आवाज रहेको यस एलबममा सबै गीतको शब्द रचना भने बिटु केसीको नै रहेको छ | 

शेयर गर्नुहोस:

0
Shares