वासिङटन डिसी (अमेरिका) – सत्तारूढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सोमबार अमेरिका आइपुग्ने भएका छन् ।
दाहाल नेपाली समय अनुसार आइतबार साँझ ५ बजे काठमाडौबाट अमेरिकाको लागि उँड्दैछन् । सीताको उपचार मेरील्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा गराउन लागिएको हो।
केही महिना अघिनै भीसा लगायतका कागजात बनाइसकेका दाहाल भेनेजुयला प्रकरणमा अमेरिका चिढिने गरि वक्तव्य जारी गरेपछि पछि हटेका थिए । तर पछिल्लो समयमा सो प्रकरण थामथुम हुनुका साथै अमेरिकी राजदूतसँग भेटभएपछि उनी अमेरिका आउन तयार भएका हुन् ।
पुत्र वियोगपछि सीताको स्वास्थ स्थिती निकै कमजोर भैरहेको छ । उनी लामो समयदेखि बिरामी छिन्। उनलाई यसअगि भारत, सिङ्गापुर लगायतका मुलुकमा धेरैपटक उपचार गराइसकिएको छ। सीता पार्किन्सन रोगले पनि पीडित छिन् ।
सीताका साथमा छोरी गंगा तथा सीताको हेरचाह गरिरहेकी एक नर्स पनि अमेरिका आउने भएकी छिन् । पत्नीको उपचारका लागि प्रचण्ड अमेरिकामा १० दिन रहने कार्यक्रम छ ।
नेकपाको सांठनीक एकतालाइ अलपत्र पारेर प्रचण्ड अमेरिका आउन लागेका हुन् ।
व्यक्तिगत र नितान्त उपचारका लागि आउन लागेका दाहालको भ्रमणलाइ लिएर अमेरिकामा रहेका नेपालीहरू समेत विभाजित देखिएका छन् । सामाजीक सञ्जालहरूमा दाहाललाइ सान्त्वना र शीघ्र स्वास्थलाभको कामना गर्ने भन्दा पनि विरोध गर्ने र अपशव्द लेख्नेहरूको वाहुल्यता देखिएको छ । अमेरिकामा रहेको एउटा पक्षले दाहालको विरोध गर्ने तयारी गरेको समेत बुझिएको छ ।
प्रतिक्रिया