मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको ह्याट्रिकसहित फराकिलो जीत

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको ह्याट्रिकसहित फराकिलो जीत


काठमाडौँ । भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा बिहीबारको खेलमा नेपाल विजयी भएको छ । 
 
उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले आजको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । 
 
नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे । प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१औँ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २–० को अग्रता दिलाएका थिए । 
 
खेलको ५२औँ मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए भने ६७औँ मिनेटमा प्रिजेनले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९औँ मिनेटमा ह्याट्रिक पूरा गरे । 
 
धीरज श्रेष्ठले ७७औँ मिनेटमा नेपालका लागि सातौँ गोल गरे । लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौथो गोल गर्दै युवा टोलीलाई ८–० को फराकिलो जीत निकाल्न सफल भए । 
पहिलो खेलमा नेपाल बुधबार मेघालयसँग पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा आगामी शनिबार मणिपुरसँग खेल्नेछ । 
 
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालसँँगै समूह ‘बी’मा नागाल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले ११ गते मणिपुरसँग खेल्नेछ । चौथो खेलमा १२ गते मिजोरमसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा फागुन १३ गते नागाल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् । 
 
उक्त च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको छ । नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेण्डरमा राजन गुरुङ, असिम भुसाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणद्दिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धीरज श्रेष्ठ र प्रेजन तामाङ छन् ।