चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ मा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि गृहजिल्लामा एकै दिन एक करोडभन्दा बढी रकम उठेको छ ।
आइतबार रगंशाला निर्माण स्थलमा आयोजित डीपीआर शुभारम्भ समारोहको क्रममा एक करोड बढी रकम संकलन भएको हो ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले नगदरचेक र प्रतिवद्धता गरी एक करोड बढी रकम संकलन भएको जानकारी दिए । डीपीआर शुभारम्भकै क्रममा भरतपुर महानगरपालिका वडा नंं १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा अस्पतालकी डा शारदा कुवँरले १० लाख, चितवन क्रिकेट संघले २ लाख ५ हजार ५ सय ५५, प्रदेश सभा सदस्य गीता वाग्लेले एक लाख एक हजार एक सय, मेगा बैंक नारायणगढले एक लाख एक सय ११, भरतपुरका ओमबहादुर रावलले ५० हजारलगायतले नगद तथा सहयोगको प्रतिबद्धता जनाएका थिए ।
माघ १६ गते काठमाडौंबाट गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको घोषणा लगत्तै धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग आउने क्रम सुरु भएको हो । फाउण्डेशनले चितवनमा तीन अरवको लागतमा बहुउद्देश्यीय अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्न लागेको हो ।
फाउण्डेशनका अध्यक्ष धुर्मुसले रगंशाला निर्माणका लागि देश तथा विदेशमा रहेका सबै नेपालीहरुमा सहयोगका लागि आग्रह गरेका छन् । स्पोटर्स हबको रुपमा निर्माण गर्न लागिएको रगंशालामा फुटबल मैदानका साथै इण्डोर खेलका मैदान समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।
क्रिकेट रगंशाला २५ हजार दर्शक अट्ने क्षमताको बन्नेछ । यो रगंशाला नेपालको मौलिकता झल्काउने गरी बनाइने बताइएको छ ।
प्रतिक्रिया