मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी भिडन्तमा फरार अभियुक्त साहनीको मृत्यु

प्रहरी भिडन्तमा फरार अभियुक्त साहनीको मृत्यु


भैरहवा । प्रहरीको खोजीको सूचीमा रहेका सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ । 
 
सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् । 
 
दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । 
 
पछिल्लो पटक साहनी सिद्धार्थनगर नगरपालिका– ८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार थिए । उनले गुरुङको गत असोज १२ गते हत्या गरेका थिए । 
 
साहनीले गुरुङलाई २०७१ भदौ २७ गते अपहरण गरेका थिए । उनले गुरुङलाई अपहरण गरी नवलपरासीको बर्दघाट नगरपालिका– १० स्थित सामुदायिक वनमा लगेर रु एक करोड फिरौती मागेका थिए । 
 
“रकम नपाएपछि साहनीले गुरुङको हत्या गरेका थिए,” प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले भने । उनी हतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै रकम असुली गर्ने कार्यमा संलग्न थिए । साहनी तराईका भूमिगत समूहसँग आबद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares