नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा पहिलो जित हासिल गरएको छ ।
बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई पाँच विकेटले पराजित गर्दै मेलबर्नले पहिलो जित हासिल गरेको हो ।मेलबर्नको जितमा ओपनर पिटर ह्यान्डस्कोबले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ७० रन बनाएर टिमलाई जित्न सहयोग गरे । उनले ३५ बलमा नौं चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, निक लर्किनले २० र मार्कुस स्टोइनिसले १० रन बनाए ।
१३१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १४.५ बलमा पाँच विकेटको क्षतिमा जित हासिल गर्न सफल भयो ।
मेलबर्नको जितमा ओपनर पिटर ह्यान्डस्कोबले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ३५ बलमा नौं चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, निक लर्किनले २० र मार्कुस स्टोइनिसले १० रन बनाएका थिए ।
बलिङतर्फ बेन ड्यारसुइसले तीन विकेट लिए । त्यस्तै, स्टेभ ओकिफले दुई विकेट लिएका थिए । ।












प्रतिक्रिया