मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ईपीएल को उपाधि ललितपुर प्याट्रिओट्सलाई

ईपीएल को उपाधि ललितपुर प्याट्रिओट्सलाई


काठमाडौं –  एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि ललितपुर प्याट्रिओट्सले जितेको छ I शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै ललितपुरले  उपाधि जितेको हो ।
 
फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । 
 
१५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो । सुरुआत राम्रो भएपनि भैरहवाका ब्याट्सम्यानबीच लामो साझेदारी हुन नसक्दा हार ब्यहोर्नुपर्‍यो ।
 
ललितनारायण राजवंशीले ललितपुरलाई उपाधि दिलाउन ३ विकेट लिए। कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ५७ रनको योगदान गरे।तस्वीरः सामाजिक संजाल