बैंकक – थाइल्याण्डमा गत साता भएको १० औ बिश्व बडी बिल्डिंग च्याम्पिएनसिप प्रतियोगितामा ७५ केजी तौल समुह आन्तार्गत नेपालका महेश महर्जन बिजयी भएका छन् I
१४ डिसेम्बरबाट सुरु भएको १० औं विश्व बडिविल्डिङ फिजिक स्पोर्ट च्याम्पियनसीपमा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । उनीसँगै भारतका जयप्रकाशले दोस्रो स्थानमा परे र सिंगापुरका खेलाडी तेस्रो भए I
३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालीको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।
कार्येक्रममा आयोजकले झुकिएर पुरानो राष्ट्रिय गीत बजाएका थिए । पछि गल्ति भएकोमा क्षमायाचना मागेका थिए ।
नेपालको जितमा महर्जन एकदम भावुक भएर अाँशु झारेका थिए । तस्बिर : सामाजिक संजाल






प्रतिक्रिया