मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टर द्वारा लसएन्जल्समा छठ पर्व सम्पन्न

मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टर द्वारा लसएन्जल्समा छठ पर्व सम्पन्न


क्यालिफोर्निया(अमेरिका)। मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा नेपाली धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने उध्येश्यका साथ लसएन्जल्समा पहिलो पटक नोभेम्बर १३ तारिख बेलुकी ६:०० बजे सूर्यास्त समयमा छठ पूजाको सुरुवात गरी नोभेम्बर १४ तारिख बिहान ७:०० बजे सूर्योदय सँगै सूर्यको पूजा गरी छठ पूजा कार्यक्रम डा.दीपेन्द्र महतो र वन्दना महतोको आफ्नै निवासमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरूको निम्ति खानपिन तथा पुजाकोप्रसाद आयोजक पक्षले निःशुल्क प्रदान गरिएको थियो । उक्त पूजामा लसएन्जल्स अवस्थित लसएन्जल्स बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र संघ संस्थाका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो । 

Advertisement
ADVERTISEMENT

कार्यक्रममा सहभागी सबैलाई छठी माताले कल्याण गरून् र नेपालीहरूको महान् पर्व छठ पूजामा उपस्थिति हुनुहुने सबैलाई मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्नियाका च्याप्टर अध्यक्ष दिनेश शाहले धन्यवाद समेत व्यक्त गरेका थिए।

शेयर गर्नुहोस:

54
Shares