मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हेलिकोप्टर दुर्घटनामा बाँचेकी डोल्माको काठमाडौँमा उपचार

हेलिकोप्टर दुर्घटनामा बाँचेकी डोल्माको काठमाडौँमा उपचार


काठमाडौँ । हेलिकोप्टर दुर्घटनामा बाँचेकी एक महिलालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
 
जीवितै उद्धार गरिएकी महिला आनी डोल्मालाई उपचारका लागि काठमाडौंस्थित मेडीसिटी अस्पताल ल्याइएको छ । अहिले उनको उपचार भइरहेको छ ।
 
शनिबार नुवाकोटको मैलुङपाखामा गोरखाबाट काठमाडौँ उडेको अल्टिच्युड एयरको ९ एन-एएलएस हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।
 
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । जसमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया हिरा शेर्पा, छिरी शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नोर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको नेपाल उड्ययन प्राधिकरणले जनाएको छ ।