बिश्व घटना

लसएन्जल्स मा हरितालिका तिज भव्य रूपमा सम्पन्न

लसएन्जल्स मा हरितालिका तिज भव्य रूपमा सम्पन्न


लसएन्जल्स(अमेरिका)- नेपाल अमेरिका एकता समाजले परम्परागत रूपमा मनाउँदै  आएको  नेपाली महिला दिदीबहिनीहरूको महान् चाँड हरितालिका तीज पर्व  यो वर्ष पनि  गत सेप्टेम्बर १ शनिवार बेलुकी “Tara Himalayan cuisine” artesia  लसएन्जल्समा भव्य रूपमा सम्पन्न भएको छ ।
 
विगतका वर्ष हरुमा झैँ यो वर्ष पनि  साङ्गीतिक प्रस्तुतिका साथ तीजको दर खान र छम छम नाचेर तीज मनाउनको निम्ति  उपस्थित सम्पूर्ण लसएन्जल्स बासी नेपाली दिदीबहिनीहरू र संस्थालाई आर्थिक सहयोग गरी सहयोग गर्नु हुने महानुभावहरूलाई नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटीले सबैलाई स्वागत गर्दै आभार प्रकट गरेका छन् ।
 
स्थानीय कलाकारहरूको सक्रिय सहभागिताको साथ हरितालिका तिज कार्यक्रम भव्य रूपमा सफल भएको छ ।