मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अस्टिनमा सामुदायीक अन्तरक्रिया सम्पन्न

अस्टिनमा सामुदायीक अन्तरक्रिया सम्पन्न


अस्टिन (टेक्सस)- ट्रम्प प्रशासनको पछिल्लो अध्यागमन नीति र अमेरिकामा हालै संचालन अनुमति पाएको नेपाली बैंक (एभरेष्ट फेडरल क्रेडिट युनियन) ले नेपालीहरुलाई दिने लाभका बिषयमा टेक्ससको अस्टिनमा सामुदायीक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
नेपाल अमेरिका पत्रकार संघ (नेजा), गैर आवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टर, हेम सरिता फाउण्डेशन र ८८४८ मिडिया एलएलसीको संयुक्त आयोजनामा कार्यक्रम अायोजना गरिएको हो । सामुदायीक अन्तरक्रियामा प्रमुख वक्ता कानुन व्यवसायी तथा एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष डिल्लीराज भट्टले पछिल्लो अध्यागमन निती तथा कार्यक्रममा उठेका जिज्ञासा सँगै एभरेष्ट फेडरल क्रेडिट युनियनका बिषयमा स्पष्ट पारेका थिए ।  
 
अष्टिन र आसपासमा बसोवास गर्ने यहाँका अग्रज नेपालीहरु सहभागी कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघको तर्फबाट कार्यसमिती सदस्य शेर केसी, गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टरको तर्फबाट महासचिव पदम ठकुराठी तथा हेम सरिता फाउण्डेशनको तर्फबाट संरक्षक सरिता पाठकले धारणा राखेका थिए । 
 
त्यस अवसरमा बोल्दै नेजा कार्यसमिती सदस्य केसीले नेपाली समुदायकालागी लाभ दिने कार्यक्रमहरुका लागी नेजा हातेमालो गर्न तयार रहेकोमा जोड दिएका थिए । कार्यक्रममा नेजाका सचिव सुरज भण्डारी, नेपालमा लामो समय पत्रकारितामा सक्रिय रहि हाल अमेरिकाबाट नागरिक दैनिकमा आबद्ध पत्रकार होमप्रसाद लम्साल, समाजसेवी तथा पत्रकार केदार तिमल्सिना, जनसम्पर्क समिती अमेरिकाका उपसभापति सिपी पौडेल, एनआरएन अमेरिकाका प्रबक्ता बिनोद तिवारी, ग्रेटर अष्टिन नेपाली सोसाइटीका उपाध्यक्ष भोजराज भट्ट, डा. प्रमोद शर्मा लगायतले विविध पक्षका बारेमा मन्तव्य तथा जिज्ञासा राखेका थिए । 
 
८८४८ मिडिया एलएलसीका अध्यक्ष देबी भेटवालको सभापतित्व तथा मेनेजिङ डाइरेक्टर तथा बरिष्ठ संचारकर्मी नारायण पुरीले सहजीकरण गरेको कार्यक्रममा कान्तिपुर साप्ताहिकका अमेरिका संवाददाता शिब शर्मा, अष्टिनमा बन्न लागेको नेपाली सामुदायीक केन्द्र निर्माण समिती संयोजक गेहेन्द्र केसी, समाजसेवी दिपक हुमागाई लगायतको सकृय सहभागीता थियो । तस्बिर: संयोग पुरी