मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससका सूदुर-पश्चिमेलीलाई गौरा पर्वले झुमायो

टेक्ससका सूदुर-पश्चिमेलीलाई गौरा पर्वले झुमायो


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपालको सुदूरपश्चिममा भाद्र पञ्चमीबाट सुरु हुने गौरा पर्व अमेरिकाको टेक्सस राज्यको डालसमा सम्पन्न भएको छ । 
 
नेपालको सुदुरपश्चिमबाट आएर ड्यालस-फोर्थवर्थमा वसोवास गरिरहेका सुदुरवासीहरुले शिव-पार्वती, गणेशको बिशेष पूजा गरि बिधिवत रुपमा गौरा पर्व मनाएका छन। 
 
नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रका महिलाहरुले आफ्नो  शाैभाग्य र सम्वृध्दिका लागि मनाईने यस लोकप्रिय गौरापर्वलाई सुदुरबासीहरुले बिगत केहि बर्ष देखि अमेरिकाको ड्यालासमा रहेका नेपाली बीच पस्कदै आएका छन । पंचमीको दिनमा पञ्चान्नको बिरुडा (गहूँ, केराउ, गहत, मास, गुराँस) भिजाई प्रसादको रुपमा ग्रहण गरिने यस पर्वमा अष्टमीको दिन गौरादेबी (पर्वती) लाई गौराघरमा भित्र्याई करिव एक सातासम्म मनाईने चलन रहेकोछ । 
 
नेपाली मौलिक संस्कृतिको संरक्षणमा जुटेका सुदूरवासीले गौराका मंगल फागहरु गाउँदै गौरा देवीको बिधिवत रुपमा स्थापना गरी मनाएका हुन । यस पर्वको अवसरमा सुदूरबासीहरुले गौरानाच, सुदूरपश्चिमको नृत्यहरुका साथै लोकप्रिय देउडा गीतबाट भरपुर मनोरन्जन दिन सफल भए । 
 
सुदूवासीहरुको बाक्लो बसोवास रहेको ड्यालसमा करिव सातसय जनाको सहभागिता रहेको कार्यक्रम स्थल नेपाली मन्दिर अर्बिङमा आज बिहानै देखि भक्तजनहरुको ठुलो भिड थियो । पुजा लगतै देउडा गीतका भकाहरु घन्केका थिए । जसमा देउडाको सुरूवातीको स्वागत गीतदेखि नेपालको अहिलेको बालीकाहरुको बलात्कार एवम् हत्यासँग सम्बन्धित देउडाहरु दोहरीको किसिमले देउडेहरुबाट कटाक्ष प्रस्तुत गरिएको थियो । 
 
'फुल्न दे फूल कि भाडी, जन चुसै भमरा ।
तमरो हामरो भेट अराउन, आईगईन गमरा ।।   
दाहिना भया गौरादेवी दाहिना भया भोले ।
मान्यजनलाइ जदौ टक्र्याई, देउदा भाका बोले' ।। 
 
 कार्यक्रमको सुदुरपश्चिम नेपाली समाजका अध्यक्ष प्रेमबहादुर शाहीले सबै सहभागीलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष भक्त भण्डारीले सूदुर पश्चिमको कला र संस्कृतिको प्रवर्धनमा सबैको सहयोगको अपेक्षाका साथै धन्यवाद ज्ञापन गरेका थिए ।