मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोको बोल्डर र काठमाडौ महानगरपालिकाबीच सिस्टर सिटी सम्बन्ध

कोलोराडोको बोल्डर र काठमाडौ महानगरपालिकाबीच सिस्टर सिटी सम्बन्ध


हिमालयखवर संवाददात
बोल्डर (कोलोराडो) – कोलोराडोको बोल्डर सिटी र काठमाडौ महानगरपालिकाबीच सिस्टर सिटी सम्बन्ध कायम भएको छ । बोल्डर सिटी काउन्सिलले गत बिहीवार काठमाडौ र इजरायलको रामात हानिग्ज शहरसँग सिस्टर सिटीको सम्वन्ध राख्ने निर्णय गरेको हो ।
 
स्थानीय पत्रिका 'डेली क्यामरा'का अनुसार काठमाडौलाई सिस्टर सिटी वनाउने प्रस्ताव काउन्सिल मिटिङ्गमा ७-० ले स्विकृत भएको थियो । तर, इजरायको रामात शहरका बारेमा  भने बहस भएको थियो । २ जना सदस्य विरोधमा मत दिएका थिए । मतदानमा दुई जना सिटी काउन्सिल मेम्बर अनुपस्थित थिए ।
 
बोल्डर कोलोराडोको मुख्य शहर डेनभरवाट करिव ५० किलोमिटर (३० माइल)मा टाढा पर्ने सुन्दर शहर हो । यो रक्की माउण्टेन पर्वतमालाको फेदीमा पर्छ । अमेरिकामा बसाईका लागि उत्कृष्ट शहरमा बोल्डर पनि पर्छ । वातावरण प्रति सचेत यो शहर हरियाली युक्त छ । बोल्डरका वासिन्दा बाहिर हिँडडुल गर्न रुचाउँछन् । यिनै समानताका आधारमा काठमाडौ र बोल्डर सिस्टर सिटी भएका हुन् । यस अघि बोल्डरका तिब्बतको ल्हासा सहित ८ वटा सिस्टर सिटी थिए ।
 
सन् १९७७ मा बोल्डर आएर व्यवसाय सुरू गरेका नारायण श्रेष्ठले केही बर्ष अघि देखिनै बोल्डर र काठमाडौ बीच सिस्टर सिटी बनाउन पहल गरेका थिए । हाल हेल्पिङ्ग ह्याण्ड नामक गैर नाफामुलक संस्थामा संलग्न नारायणले नै बोल्डरमा नेपाली समुदायलाइ बसाएका हुन् । डेली क्यामरा पत्रिकाले कोलोराडोमा २० हजार नेपाली बस्ने र ९१ जना नारायण श्रेष्ठकै परिवार रहेको उल्लेख गरेको छ ।
 
सिटी काउन्सिल बैठकका क्रममा भएको सार्वजनिक सुनुवाईमा श्रेष्ठले काठमाडौलाई सिस्टर सिटी बनाउनु पर्छ भन्ने विषयमा वोलेका थिए ।
 
बोल्डरमा नेपाल समुदायको वस्ती पनि बाक्लो छ । नेपालजस्तै भौगोलिक र सुविधायुक्त शान्त शहर भएकाले पनि नेपालीको संख्या वढेको हो । यहाँ नेपालीका कयौं व्यवसाय छन् । व्यवसायी तथा अमेरिकी राजनीतिमा सकृय सुरेन श्रेष्ठ, गतिकार भुपेन्द्र महत, व्यवसायी पेम्बा शेर्पा, रेशम गुरुङ्ग बोल्डरकै वासिन्दा हुन् ।
 
अमेरिकामा नेपाललाई सहयोग गर्न वनेको नेपाल ककस समुहका सहसंयोजकमा पनि कोलोराडोकै कांग्रेस म्यान जेरार्ड पोलिस वसेका थिए । जेरार्ड अहिले डेमोक्र्याटिक पार्टीवाट कोलोराडोको गभर्नर पदका उम्मेदवार हुन् । नारायण र सुरेन जेराल्डसँग निकट छन् । बोल्डरका नेपाल जाने पर्यटकको केन्द्र जस्तै हो ।