सिकागो (अमेरिका) –
सिकागोल्याण्ड नेपाली फ्रेण्डसीप सोसाईटीको हालै सम्पन्न साधारण सभाले पुनः टेकराज पौडेललाई अर्को दुइ बर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
१५ जनाको कार्यसमिति रहेको यस संस्थाको सम्पुर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष खेमराज पन्थी, द्वितीय उपाध्यक्षमा जगन निरौला र तृतीय उपाध्याक्षमा गोपिचन्द्र भुसाल चयन भएका छन् ।
कार्य समितिको महासचिबमा शिबराज अधिकारी, सचिबमा मिन दर्लामी मगार र कोषाध्यक्षमा मेनका थारु चयन भएका छन् । संस्थाको कार्यकारी बोर्डमा बिदुर अधिकारी, सुमन श्रेष्ठ, बिजेन्द्रबिक्रम राणा, मधुकर पौडेल, घनश्याम भट्टराई, त्रिपुरासुन्दरी पौडेल, नारायण खड्का र गोपाल जिसी निर्बिरोध निर्वाचित भएका छन् ।
साधारण सभामाको बन्द सत्रमा संस्थाका कोषाध्यक्ष मुकेश चौधरीले आर्थिक प्रतिबेदन पेश गरेका थिए । सस्थाका अध्यक्ष टेकराज पौडेलले आफ्नो कारायकालमा भएगरेका कामका बारेमा 'सिएन एफ एस' बुलेटिन मार्फत प्रतिबेदन पेश गरेका थिए ।
नेपाल सरकारका अवैतानिक बाणिज्यदुत मार्भिन ब्रुस्टीनको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा नेपाली नेशनल कन्भेन्सनका कन्भेनर तथा एन्मा अध्यक्ष बाला घिमीरे, डेमोक्रेटिक पार्टीका नेता तथा डिसि मेट्रो क्षेत्रका सिनेटर उम्मेदवार ह्यारी भण्डारी र एनआरएनका बोर्ड अफ डाइरेक्टर प्रितीसागर खत्रीको उपस्थिती थियो ।
त्यस्तै कार्यक्रममा एनआरएनका सल्लाहाकार गोबिन्द श्रेष्ठ, रमाकान्त खरेल, ईन्द्रकान्त चौधरी, बिस्ना बिरही, निर्बाचन कमिटीका सम्योजक तथा संस्थाका पुर्ब अध्यक्ष खेम पाठक, पुर्ब अध्यक्ष बेनी माधव कँडेल (गोपाल) समेत को सहभागिता थियो ।
कार्यक्रमममा दुइ बर्षे कार्यकालमा संस्था र नेपालीहरुको लागि सहयोग गरेका २८ जना व्यक्तित्वहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान अभिनन्दन गरिएको थियो ।







प्रतिक्रिया