मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुपैंयासंग डलरको मूल्य झन वढ्यो

रुपैंयासंग डलरको मूल्य झन वढ्यो


हिमालयखवर संवाददाता
अमेरिका- नेपालमा एक डलर साट्दा ११२ रुपैंया ६५ पैसा पाइने भएको छ । राष्ट्र बैंकले विहिवारका लागि उक्त दर तय गरेको हो । नेपालमा बाणिज्य बैंकसंग डलर किन्दा भने ११३ रुपैंया २५ पैसा तिर्नु पर्ने छ । यो दर विनिमय दर अहिलेसम्मकै सवैभन्दा वढी हो ।
 
भारतीय रुपैंया (भारु)मा आएको गिरावटले नेपालमा असर गरेको हो । भारतमा प्रति डलर भारु ७० रुपैंया ५९ पैसा पुगेको छ । भारु र नेरु विचको १०० बरावर १६० नेरु हुने भएकाले भारतमा डलर मूल्य वढ्ने वित्तीकै नेपालमा पनि असर पार्ने गर्छ । अव के होला ? भारतका मुद्रा विज्ञहरुका अनुसार भारु अझ कमजोर हुन सक्छ । यो विश्लेषण मान्ने हो भने डलर अझ महंगो हुने छ ।
 
बढेको बेला अमेरिकामा कमाएर नेपाल रुपैंया पठाउंदा फाइदा छ । नेपालमा शेयर वा कतै लगानी गर्ने योजना हो भने अहिले पैसा पठाउने उपयुक्त समय हो । एक हजार डलर पठाउंदा करिव १ लाख १२ हजार रुपैंया पाइने छ ।