अष्टिन (टेक्सस)- अमेरिकाको पछिल्लो अध्यागमन नीतिका साथै तथा अमेरिकामा संचालन अनुमती पाएको सामुदायीक बैंक (एभरेष्ट फेडरल क्रेडिट युनियन) का बारेमा अागामी अाइतबार अस्टिनमा अन्तरकृया कार्यक्रम हुने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सास च्याप्टर, नेपाल अमेरिका पत्रकार संघ (नेजा), ८८४८ मिडिया एलएलसी तथा हेम सरिता फाउण्डेशनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
आउँदो आइतवार गर्न लागिएको कार्यक्रममा बरिष्ठ कानुन व्यवसायी तथा एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष डिल्लीराज भट्टले क्रेडिट युनियनबाट लिन सकिने लाभका अतिरिक्त पछिल्लो अध्यागमन नीति र नेपाली समुदायलाइ पर्नसक्ने प्रभावका बारेमा प्रस्तुति दिने एनआरएनए टेक्सस च्याप्टरका महासचिव पदम ठकुराठीले जानकारी दिए ।
एभरेष्ट फेडरल क्रेडिट युनियनले गत साता मात्रै संचालनको अनुमती पाएपछि अमेरिका भरमा चर्चाको बिषय बनेको छ । आइतवार दिउँसो पौने २ बजे अष्टिनस्थित हिमालय कोशेली रेष्टुरेञ्टमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अष्टिनवासी नेपालीहरुमा अनुरोध गरिएको छ ।
कार्यक्रमका प्रमुख व्यक्तित्व बरिष्ठ कानुन व्यवसायी तथा एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष भट्ट सँगै एनआरएन अमेरिकाका पदाधिकारी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अमेरिकाका पदाधिकारीका साथै स्थानीय बिभिन्न संघ संस्थाका प्रतिनिधी सहित स्थानीय नेपालीहरुका बिचमा अन्तरक्रिया हुन लागेको हो ।
प्रतिक्रिया