मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको तरङ्गले काठमाण्डौमा कन्सर्ट गर्दै

अमेरिकाको तरङ्गले काठमाण्डौमा कन्सर्ट गर्दै


सिकागो (अमेरिका) – अमेरिकाको सिकागोमा सांगीतिक कार्यकर्महरु गर्दै आएको तरंग इण्टर्मेण्ट इन्कले अमेरिकाकै टेक्सासको द वेल ब्याण्डको सहकार्यमा काठमाण्डौमा सांगीतिक कन्सर्ट गर्ने भएको छ ।
 
अागामी सेप्टेम्बर २९ मा काठमान्डौको टंगाल स्थित टंगाल वुड प्रेमिसासमा कन्सर्ट अायोजना गर्न लागिएको जनाइएको छ । कन्सर्टको नाम द काठमाण्डु ब्लु एण्ड रूट थ्री राखिएको छ । 
 
उक्त सांगीतिक कार्यकर्ममा मुक्ति एण्ड  रिभाइबल, नवाज स्पिण्ट एक्स, टिएमआर ट्राइओ र   टेक्सासको द विल ब्याण्ड्को प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा अनलाइन ब्याण्ड प्रतियोगितामा  सम्मिलित भई आयोजना गरेको प्रतिस्पर्धाका बिजेता ब्याण्ड मिनियन्स एडिक्टले समेत प्रस्तुती दिने तरंग इण्टर्मेण्टका सुरज घिमिरेले जानकारी दिए ।